अशोक झा
राजविराज, २९ फागुन । केशो अनिरुद्धवत्ती माध्यमिक विद्यालयको प्रधानाध्यापकमा योगेन्द्र प्रसाद यादवलाई जिम्मेवारी दिइएको छ ।
सप्तरी सदरमुकाम राजविराज नगरपालिका वडा नं. ४ स्थित रहेको सो विद्यालयको प्रधानाध्यापकमा विनोद कुमार साह जिम्मेवारी बहन गर्दै आएको थियो तर शुक्रवारबाट यादवलाई जिम्मेवारी दिइएको बताइएको छ ।
यस भन्दा पहिले माध्यमिक शिक्षक द्वितीय श्रेणीमा रहेका साहसँग बारम्बार आग्रह तथा अनेकौ प्रयास गरे पनि जिम्मेवारी नभेटेपछि अदालतको आदेश पश्चात यादवलाई प्रअको जिम्मेवारी दिइएको बताइएको छ ।