ईमधेश न्यूज सम्वाददाता
राजविराज, १५ फाल्गुन ।
बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
भाडाको कोठामा बन्धक बनाएर १५ वर्षिया बालिकामाथि बारम्बार बलात्कार र यौन शोषण गरिएको घटनामा संलग्न सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. ५ मा बस्दै आएका ४९ वर्षीय रोहित कार्की पक्राउ गरेको हो ।
एक सातादेखि कोठा भाडामा लिएर बन्धक बनाउँदै बलात्कार गरिएकी बालिका मोरङको उर्लाबारी नगरपालिका वडा नं. ५ मा बस्दै आएकी थिइन्। मानसिक रुपमा निक्कै विक्षिप्त अवस्थामा बालिकाको उद्धार गरिएको प्रहरीको भनाई छ ।
घटना इटहरीमा भएकाले पक्राउ परेका कार्कीविरुद्ध कानुनी कारबाही अघि बढाउन बेलबारी प्रहरीले उनलाई इलाका प्रहरी कार्यालय इटहरीको जिम्मा लगाएको छ। प्रलोभन र आवश्वास दिँदा अस्वीकार एवं प्रतिकार गरेमा चरम हिसाबले मानसिक र शारीरिक यातना दिँदै, धम्क्याउँदै तथा कुटपिट गर्दै बालिकामाथि बलात्कार गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ
प्रहरीका अनुसार पक्राउ परेका कार्कीले पनि घटना स्वीकार गरिसकेका छन्। तर लागुऔषध भने सेवन नगराएको उनको दाबी छ।