लिलाकान्त यादव,
राजविराज ०७ भाद्र ।
तिलाठी कोईलाडी गापाका कृषि शाखा विशेषज्ञ एवं ज्ञान केन्द्र सप्तरीको संयूक्त टोली द्वारा धानका बाली निरिक्षण गरिएका छन् । गापा अन्तर्गत रहेका खेतहरुमा लगाएको धानजको बालीमा लागेको गवारो किरााले धानलाई नष्ट गर्ने गरेको हुदाँ सो निरिक्षण गरिएको हो ।
यस किराको जोखिमबाट बच्न धानमा प्रयोग गरिने दानादार विषादीहरु कावौफ्यूराईन(फ्यूराईन ३% ग्राम अथवा क्यालईन ४% ग्राम अथवा कर्टाप हाईड्रोक्लोराईड ४% ग्राम अथवा लेन्चल १०% ग्राम मात्रा ४०० देखि ५०० ग्राम प्रतिकठ्ठाको दरले प्रयोग गरिने बताएको छ । यसरी नै झोल विषादीहरुमा कार्वाईन अथा क्लोरोवाईरिफस २०६७, २ एम.एल प्रति एक लिटर पानीको दरले प्रत्येक ७–७ दिनमा २ – ३ पटक स्प्रे गर्ने अथवा इमामेक्टीन बेन्जोएट १५ लिटर पानीमा ५ ग्राम विषादी हाली ७–७ दिनमा २ वा ३ पटक स्प्रे गर्ने बताएको छ ।
कृषि क्षेत्रमा गापा अध्यक्ष सतिस सिंहले बढी सक्रृयता देखाउँदै आएको छ । यो भन्दा पूर्व गेहुँको बाली कटान गर्नलाई गापाको आर्थिक लगानीमा गेहुँ काटने मेसिन उपलब्ध गराएको थियो । वहाँले समय समयमा किसानहरु सँग भेटी कृषि सम्बन्धी विभिन्न समस्याहरु बुझी सो समस्यालाई निराकरण गर्दै आएको देखिन्छ ।