उमेश कुमार यादव,
राजविराज १० भाद्र ।
आम आदमी पार्टीैका राष्ट्रिय अध्यक्ष अशोक यादवको आज निधन भएको छ । विगत एक महिना देखि पर्साको विरगंज स्थित विरगंज हेल्थ केयर अस्पतालमा उपचार भईरहेको बताएका छन् ।
एक होनहार नेता गुमाएको हुँदा पार्टीका कार्यकर्ता एवं नेताहरु दुःख ब्यक्त गरेका छन् । सोही क्रममा समाजवादी यूवा संघ प्रदेश युवा समिति प्रदेश नं. २ द्वारा एक विज्ञप्ति जारी गरी वहाँको असमायिक निधन प्रति दुःख ब्यक्त गरिएको छ । संघका प्रदेश अध्यक्ष एवं बोदेबरसाईन नगरपालिकाका मेयर आतेश कुमार सिंह यादवको हस्ताक्षर सहितको सो विज्ञप्तीमा अध्यक्ष यादवलाई श्रधाञ्जली समेत अर्पण गरिएको छ । पर्सा जिल्लाको विश्रामपुर गापा निवासी एक झुझारु यूवा तथा समाजसेवी नेताको ४२ वर्षकै उमेरमा संसार छोडेर जानु पर्दा श्रद्धाञ्जलि अर्पण गर्दै वहाँको परिवारजन्य प्रति धैर्यधारणको कामना मेयर सिंहले मधेश न्यूजलाई बताए ।