अशोक कुमार झा
राजविराज, २८ श्रावण ।
पूर्व पश्चिम राजमार्ग अन्तगृत सप्तरीको खडक नगरपालिकामा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
खडक नगरपालिका वडानं. ६ मा पूर्वबाट पश्चिम तर्फ गई रहेको ना४च ८४८३ नम्बरको पिकअप भ्यानले विपरित दिशाबाट आउँदै गरेको स७प ९८३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोही ठाउँ बस्ने ४५ वर्षिय कासिम अन्सारी, मोटरसाइकलमा सवार निजकी श्रीमती ४० वर्षिया रोशना खातुन, निजका छोरी २५ वर्षिया समसुन खातुन र समसुन खातुनकी ३ वर्षिया छोरी फरना खातुन गम्भिर घाइते भएका थिए ।
रुपनी गाउँपालिका स्थित युनिक अस्पतालमा उपचारको क्रममा घाइतेहरु मध्ये कासिम अन्सारी र फरना खातुनको मृत्यु भएको तथा घटनामा संलग्न पिकअप भ्यान र मोटरसाइकल नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।