राजविराज ,२६ कार्तिक ।
सप्तरीको सप्तकोशी नगरपालिकामा आपत्तकालिन खोज उद्धार सामग्री एक कार्यक्रमका बिच हस्तानान्तरण गरेको छ ।
सप्तकोशी नगरपालिकाको समन्वय तथा डिसिए सँगको सहकार्यमा कोशी पिडित समाजद्धारा संचालित इनोभेसन परियोजना अन्तर्गत २ लाख ५० हजार मुल्य वरावरको सो सामग्री हस्तानान्तरण गरेको हो । नगरपालिकाका मेयर उत्तम कुमार शर्मालाई कोशी पिडित समाजका कार्यकारी निर्देशक देब नारायण यादवले नगरपालिकामा संचालित स्थानीय आपत्तकालिन कार्य संचालन केन्द्रको प्रकोप सामना क्षमता अभिवृद्धिका लागि स्टेचर ४ पिस ,लाईफ ज्याकेट ३४ पिस ,फायर बुलेट ,हेलमेट ,इन्भाटर ,ब्याटी ,मेगा फोन ,बुट ,त्रिपाल लगायतका सामग्रीहरु हस्तानान्तरण गरेको समाजका परियोजना संयोजक प्रविण कुमार यादवले जानकारी दिनुभयो ।यस्तै सामान हस्तानान्तरण गर्दै समाजका कार्यकारी निर्देशक यादवले विपद आएको बेला उक्त सामग्रीले सहज तरीकाबाट उद्धार गर्न सकिने विश्वास ब्यक्त गर्नुभएको छ ।