इमधेश न्यूज सम्वाददाता,
राजविराज, २४ साउन ।
नेपालकै शक्तिपीठ छिन्नमस्ता भगवती जस्तो पवित्र स्थललाई राजनीतिक थलोको रुपमा प्रयोग नगर्न आग्रह गरिएको छ ।
छिन्नमस्ता भगवती मन्दिरका पीठाधीश महाकान्त ठाकुर र सचिव बाबुनारायण मण्डलले विज्ञप्ति जारी गरी त्यस्तो आग्रह गरेका हुन् ।
विज्ञप्तिमा मन्दिर जस्तो पवित्र ठाउँ, धार्मिक, सांस्कृति एवं पर्यटकीय आस्थामा समेत जनआस्थाको केन्द्रमा रहेकोमा विगत केही दिनदेखि केहि व्यक्तिहरुले गुट, उपगुट बनाई मन्दिरका पूजारी तथा पदाधिकारीहरु उपर विभिन्न किसिमका अशिष्ठ, अमर्यादित शब्दहरुको प्रयोग गरी अनावश्यक डर, त्रास, तथा धाक धम्की दिनु कदापी उचित नभएको भन्दै आफ्नो निहित स्वार्थको लागि मन्दिर जस्तो पवित्र ठाउँलाई राजनीतिक अखाडा नबनाउन आग्रह गरिएको छ ।
यस्ता क्रियाकलापमा लागेका व्यक्ति तथा गुट उपगुटलाइ कुनै पनि समस्या समाधान आपसी सहमति र वार्ताबाट हुने प्रति मन्दिर समिति पूर्णरुपमा तयार रहेको भन्दै मन्दिर सम्बन्धी कुनै पनि सूचना वा जानकारी कसैलाई चाहिएमा नियमानुसार सुचनाहरु उपलब्ध गराउन मन्दिर समिति प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।