अशोक झा,
राजविराज, २० साउन ।
शास्त्रीय संगीत साधक गुरुदेव कामतको निधन पश्चात मधेश प्रज्ञा प्रतिष्ठान माथी सामाजिक संजाल मार्फत गरिएको टिकाटिप्पणी प्रति नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य डा सुर्य प्रसाद यादवले दुःख व्यक्त गरेका छन् ।
“कामत मधेश प्रदेशको मात्रै नभई समग्र देशको लागि धरोहर रहेको र वहाँको निधनले समग्र देश नै एक धरोहर गुमाएको” भन्दै डा. यादवले कामतको मृत्यु पश्चात मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष राम भरोस कापडि “भ्रमर”लार्ई लक्षित गर्नु कदापी उचित मान्न सकिदैन बताए । कसैको चरित्र माथी औला ठड्याउनु भन्दा पहिले त्यस्को वास्तविक्तालाई पत्ता लगाउनु पर्ने सुझाव समेत दिए । बिना आधारले मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष प्रति गरिएको टिकाटिप्पणीले अप्रत्यक्ष रुपमा मैथिली प्रति नै नकारात्मक प्रभाव पर्ने उनले बताए ।
प्रज्ञा प्रतिष्ठानको आफ्नै कार्यविधि नरहेको बताउँदै डा. यादवले आर्थिक कारोबारका लागि प्रतिष्ठानले सम्बीन्धत मन्त्रालयहरुमा गुहार्नु पर्नेै बाध्यतत्मक अवस्था रहेको बेला बिना जानकारीको टिकाटिप्पणीबाट बच्न सबैलाई उनले सुझाव समेत दिए ।
इन्टेलेक्चुअल फाउण्डेशन नेपालका अध्यक्ष समेत रहेको डा. यादवले टिका टिप्पणी गर्नेहरु अधिकाँश स्वार्थसिद्धिमा लागेको र आफ्नो स्वार्थ पूरा गर्नको लागि कामतको निधनलाई अवसरको रुपमा लिएको दाबी समेत गरे ।
संगीत साधन कामत विरामी परेको बेला कसैले उनलाई सहयोग गर्न अगाडी नआएको र उनको निधन पश्चात कुनै एक संस्थालाई प्रभावमा पार्नै टिकाटिप्पणी गरिरहेको दाबी समेत गरे ।