अशोक कुमार झा
राजविराज १९ साउन ।
शास्त्रीय संगीतका धरोहर तथा वरिष्ठ लोक गायक गुरुदेव कामतको स्वर्गारोहण पश्चात सामाजिक संजालमा मार्फत मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष राम भरोस कापडि “भ्रमर”ले पारिश्रमिक नदिएको प्रति प्रतिष्ठानको ध्यानाकर्षन भएको बताइएको छ ।
प्रतिष्ठानका अध्यक्ष कापडिले जारी गरेको विज्ञप्ति मार्फत शास्त्रीय संगीतका साधक स्वर्गिय कामत प्रति श्रद्धाञ्जली व्यक्त गर्दै सामाजिक संजालमा राखिएको भिडियो क्लिप प्रति ध्यानाकर्षण भएको बताएका हुन् ।
विज्ञप्तिमा स्वर्गिय कामतले जारी गरेको भिडियो अनुसार कार्यक्रमको लागि कुनै पारिश्रमिक सम्बन्धमा कुनै सहमति नभएको उल्लेख गर्दै स्वर्गिय कामतले गरेको कार्यक्रम वापत एक लाख दिने सहमतिको कुनै आधार नरहेको प्रष्ट पारिएको छ । कार्यक्रम गरे वापत पारिश्रमिक दिने कुनै पनि सम्झौता प्रतिष्ठानसँग नभएको, बरु कामतलाई सम्मान स्वरुप केही रकम दिने भनि निर्णय भएको र सो निर्णय सम्बन्धमा शिक्षा तथा संस्कृति मन्त्रालय मधेश प्रदेशमा व्यहोरा सहितको जानकारी पठाइएको विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश खर्च मापदण्ड निर्देशिकामा उल्लेखित खर्च सिमा भन्दा बढी गर्नु पर्ने भएमा त्यही निर्देशिकाको बुँदा नं। १५ लाई आधार बनाई अर्थ मन्त्रालयबाट स्वीकृति लिनु पर्ने प्रावधान रहेकोले सोही अनुसार मन्त्रालयसँग अनुरोध पत्र पठाएको उल्लेख गर्दै विज्ञप्तिमा उल्लेख छ ।
स्वर्गिय कामत र अशोक दत्तको स्वास्थ्य समस्या वारे जानकारी आए लगत्तै पुनः दुवैजनालाई प्रतिष्ठानले अस्वस्थ श्रष्टाहरुलाई दिइने अनुदानको लागि छुट्याइएको रकम मध्येबाट जनही एक÷एकलाख उपलब्ध गराउने निर्णय गर्दै निजहरुको सक्कल निवेदन, चिकित्सकको पूर्जा र अस्पताल तथा औषधी पसलको बिल संलग्न गरी स्वीकृतको लागि सम्बन्धित निकायमा पत्र पठाइएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिष्ठानले नियमानुसार सम्पूर्ण प्रक्रिया पुरा गरी सम्बन्धित मन्त्रालय मार्फत स्वकृतिको लागि बारम्बार प्रयास गर्दा पनि हालसम्म स्वीकृति प्राप्त नभएकोले यसमा प्रतिष्ठानका अध्यक्ष कापडिले रकम दिने, नदिनेमा कुनै संलग्नता नरहेको प्रष्ट पारिएको छ ।
कुनै ठोस जानकारी र अपूर्ण भिडियो क्लीपको आधारमा व्यक्तिगत रुपमा आक्षेप लगाउनु न्यायोचित भएको प्रष्ट गर्दै सत्यतथ्य नबुझेर भ्रम नफैलाउन आग्रह समेत विज्ञप्ति मार्फत गरिएको छ ।