सप्तरी, मङ्सिर १५ । हनुमाननगर कंकालनि नगरपालिकाकाे नगर प्रमुख शैलेश कुमार साह द्वारा वार्ड नं १३ गोबरगढाकाे ६० परिवारलाई घरहि ग्यास चुलाह, सिलिन्डर,ग्यास पाइप, रेगुलेटर शनिबार भब्य कार्यक्रमगरि वितरण वितरण गर्नु भयाे । कार्यक्रममा जिल्ला प्रमुख अधिकारी,सहायक जिल्ला प्रमुख अधिकारी,जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव,नेपाली सेनाका कर्णल, नेपाल प्रहरी को SP ,सशस्त्र प्रहरी बल को SP, राष्ट्रिय अनुसन्धानको SP, प्रशासकिय अधिकृत आनन्द ठाकुर तथा किशोर राम,गजेन्द्र नारायण सिंह अञ्चल अस्पताल को मेसु रञ्जित झा,टिकुलिया बेस क्याम्पका इन्चार्ज , विभिन्न वडाका वाडा अध्यक्ष लगायत अन्य बुद्धिजीवी ,समाज सेवि गन्यमान्य ब्यक्तिहरुकाे उपस्थिति रहेको थियो। स्थानीयहरुका अनुसार मेयर साह कराेना महामारीले पिडित भएका दैनिक जालादारी मजदुर गरिवकाे घर घरमा पुगेर उनिहरुकाे समस्या पहिचानगरि यस भन्दा पहिलेपनि विभिन्न चरणमा राहत वितरण गर्नुभएको कुरा जनाउनु भयाे ।