मधेश न्यूज सम्वाददाता,
सप्तरी, १४ मङ्सिर ।
धर्मी हल्फा महीला विकास क्लव सप्तरीद्वारा आगलागिबाट आहतलाई राहत वितरण गरेको छ ।
सप्तरीको बिष्णुपुर गाउपालिका वडा न. –७ बिष्णुपुर नहर चोकको अग्निपीडितहरू शिव नारायण साह र रसी लाल साहलाई क्लवले आज राहत स्वरुप विभिन्न सामग्रीहरु वितरण गरेको हो । क्लवले राहत स्वरुप त्रिपाल,, तन्ना, थाल, गलास, कराही, डेकची, छोलनी, झुल लगायतका राहत सामाग्रीहरु वितरण गरेको संस्थाका अध्यक्ष तथा समाजसेवी ई सूर्य नारायण यादवले जानकारी दिनुभयो । गत कार्तिक २९ गते आगलागि हूदा झन्डै १५ लाख भन्दा बढीको क्षति भएको थियो ।