ईमधेश न्यूज जनकपुरधाम, असोज २५ गते।
“मन मनमा जसपा, घर घरमा जसपा” मुलनाराका साथ जनता समाजवादी पार्टी (जसपा) नेपाल जिल्ला कार्य समिति, धनुषाले संगठन बिस्तार अभियान अभिमुखिकरण तथा बिजय दशमी, दिपावली तथा छठ पर्वको शुभ अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम जसपा नेपाल धनुषाका जिल्ला अध्यक्ष पशुपति यादवज्युको अध्यक्षतामा , जसपा नेपालका राजनिती समिति सदस्य उर्मिला साहको प्रमुख अतिथ्य तथा बिशिस्ट अतिथिद्व्य लालकिशोर साह, उर्मिला महतो अतिथिहरुको आतिथ्यमा कार्यक्रम संचालन गरिएको थियो।
सो कार्यक्रममा अतिथि संघीय परिषद सदस्य बिजय मण्डल, बिजय भगत, रंजित चौधरी, केन्द्रिय सदस्य चमेलि देवी दास, बेचन मुखिया, ममता मण्डल, मधेस प्रदेश समिति सचिव जितेन्द्र यादव, सदस्य रामो महरा लगायत संगठन अभियानको संयोजक रामसेवक यादव, धनुषा इन्चार्ज राजनारायण यादव, जिल्ला उपाध्यक्षद्व्य चन्द्रदिप गोइत यादव, रामशंकर पासवान, ललित मण्डल, सदस्य सत्रुधन यादव, दिपिनदेव यादव, प्रतिनिधि सभा क्षेत्रीय अध्यक्षहरु, प्रदेश सभा क्षेत्रीय अध्यक्ष, पालिका अध्यक्ष, वडा अध्यक्ष, निर्वाचित जनप्रतिनिधिहरु तथा जसपा भातृसंगठनका समाजवादी युवा संघका केन्द्रिय उपमहासचिव अशोक मण्डल, मधेस प्रदेश समितिका उपाध्यक्ष उमेश निराला, सदस्य सुरज सिंह, धनुषा जिल्ला अध्यक्ष दिपेन्द्र कापर, माजवादी बिद्यार्थी युनियन नेपालका केन्द्रिय सचिवद्व्य बलिराम कापरी, बिकास यादव केन्द्रिय सदस्य रामभगत, सरोज कुमार यादव, विद्यार्थी नेता रितिक कुश्वाहा, समाजवादी महिला संघका जिल्ला अध्यक्ष प्रमिला सिंह, समाजवादी व्युटीसियन संघका केन्द्रिय अध्यक्ष मिनक्षी पाण्डे लगायत सम्पूर्ण कार्यक्रमको सहजीकरण, समन्वय तथा उद्घोषण जिल्ला सचिव बरुण यादवले गरेको कार्यक्रममा जिल्लाभरिबाट नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा सम्पन्न भएको छ।