आर एन मेहता २०७९ असोज ७ , सप्तरी ।
बितेको कुनै युगको काल्पनिक परिवेश र कथामा आधारित निर्माता सन्तोष सेनकाे फिल्म ‘प्रेमगीत -३’ नेपाली र हिन्दी दुवै भाषामा आजबाट विश्वभरी प्रदर्शन हुदैछ । असोज ७ गते दुवै संस्करण संगै रिलिज भएपनि प्राबिधिक कारणले हिन्दी संस्करण नेपालमा सोमवार बाट मात्र प्रदर्शन हुने भएको छ। यस फिल्म भित्र पृष्ठभूमिमा नेपालकै सेताम्मे हिम शृङ्खलाहरू, भौगोलिक विकटता , प्राकृतिक सौन्दर्य र नेपाली जनशक्ति देखाइएका छन् ।
चलचित्रको हिन्दी संस्करणमा राखिएका चार गीतहरू जी म्युजिकमार्फत् सार्वजनिक भएका छन, भने ती गीतहरूमा पाकिस्तानी गायक राहत फतेह अली खान, भारतीय गायक जुबिन नौटियाल, पलक मुछल, अङ्कित तिवारी र देव नेगीले स्वर दिएका छन्। यस चलचित्रको प्राविधिक काम भारतका चर्चित व्यक्ति तथा सफल संस्थाका प्राविधिकहरूले गरेका छन्। यस फिल्मको अन्त्यमा इन्डियन आइडल -१२ का चर्चित जोडी पवनदिप राजन र अरुनिता कान्जिलाललाई पनि पवनदिपकै स्वर संगीत मा देखाइएका छन् ।
त्यसैगरी अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङ को मुख्य भुमिकाको साथै सुनिल थापा , शिव श्रेष्ठ , सन्तोष सेन , लक्ष्मी बरदेवा लगायत अभिनित यश चल्चित्रले उर्दु ,अङ्ग्रेजी , चाइनिज जस्ता भाषामा पनि डबिङ्ग पाउने भएका छन ।