अशोक झा
राजविराज, ९ जेठ । सप्तरी सदरमुकाम राजविराजमा आज (सोमवार) नव निर्वाचित जनप्रतिनिधिहरुले शपथग्रहण तथा पदभार ग्रहण गर्दैछन् ।
राजविराज नगरपालिकाको कार्यालयमा आयोजना हुने एक कार्यक्रममा मार्फत नव निर्वाचित जनप्रतिनिधिहरुलाई शपथग्रहण तथा पदभार ग्रहण हुने राजविराज नगरपालिका कार्यालयले जनाएको छ ।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना अनुसार राजविराज नगरपालिकाको नगर प्रमुखमा जनता समाजवादी पार्टीका उम्मेदवारहरु भिमराज यादव र इसरत प्रवीण क्रमशः नगर प्रमुख र उपप्रमुखमा विजयी भएका छन् ।
त्यस्तै १६ वटा वडा रहेको राजविराजमा जनता समाजावदी पार्टीले ८ वटा वडा, नेकपा माओवादी केन्द्रले ३ वटा वडा, एकीकृत समाजवदी पार्टीले १ वटा वडा, लोकतान्त्रिक समाजवादी पार्टीले २ वटा वडा, नेपाल एमालेले १ वटा वडा, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ वटा वडा जितेका छन् ।