राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा २०७८ मा सञ्चालन हुने कक्षा ११ को साधारण (संगीत, ललितकला र संस्कृत विषय समूह समेत) तथा प्राविधिक विषय समूह तर्फका ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरू (रजिष्ट्रेशन नम्बरका शुरुका दुई अङ्क ७६ वा सोभन्दा कम र ७० वा सोभन्दा बढी भएका) को वार्षिक परीक्षा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी सम्बन्धित विद्यालयमै परीक्षा केन्द्रकायम गरी देहाय अनुसार परीक्षा कार्यक्रम सञ्चालन गरिने हुदा सम्बन्धित सबैको जानकारीका
लागि यो सूचना प्रकाशित गरिएको छ ।
परीक्षा समयः – बिहान ११ः०० बजेदेखि २ः०० बजेसम्म ।
द्रष्टब्य :
(क) तोकिएको परीक्षा कार्यक्रम अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को व्यवस्था गरिने छैन ।
(ख) कुनै आकस्मिक विदा पर्न गएमा समेत परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचना विना परीक्षा स्थगित गरिने छैन ।
(ग) परीक्षाको लागि चाहिने ग्राफ पेपर, चार्ट, गोश्वरा भौचर, बैक नगदी किताब, Log Table जस्ता सामग्रीहरु परीक्षार्थी स्वयमले ल्याउनुपर्नेछ ।
(घ) मिति २०७८/०६/१३ गते सञ्चालन हुने Introduction to education (134) र Instructional Pedagogy (136) विषयको परीक्षा दिने परीक्षार्थीहरुले उल्लेखित विषयको लागि छुट्टाछुट्टै उत्तरपुस्तिका प्रयोग गर्नुपर्नेछ ।
(ङ) मिति २०७८/०६/१८ गते सञ्चालन हुने Biology विषयको परीक्षा दिने परीक्षार्थीहरुले Botany र Zoology विषयको लागि छुट्टाछुट्टै उत्तरपुस्तिका प्रयोग गर्नुपर्नेछ ।
(च) परीक्षा केन्द्र परिवर्तन गर्न पाइने छैन । परीक्षामा मोबाइल फोन, स्मार्ट घडी लगायत अन्य इलेक्ट्रोनिक्स डिभाईस लैजान निषेध गरिएको छ ।
– परीक्षा नियन्त्रक