राजविराज, ११ मंसिर ।
विद्यापती स्मृतिको अवसरमा साहित्यिक गोष्ठी विहिवार सम्पन्न भएको छ । हरेक वर्षको कार्तिक त्रयोदशी तिथीमा मनाउने सो विद्यापति स्मृति पर्वको अवसरमा यस वर्षको पहिलोे दिन साहित्यीक गोष्ठी मनाएको हो ।
मैथिली महिला परिषदको अध्यक्ष शान्ती दासको अध्यक्षतामा सम्पन्न सो गोष्ठीमा मैथिली साहित्य परिषदका अध्यक्ष शतिष कुमार दत्त, पर्व अध्यक्षहरु देबेन्द्र मिश्र, शुभचन्द्र झा, अन्तराष्ट्रिय मैथिली महिला परिषदको अध्यक्ष करुणा झा, महिला परिषदको सल्लाहकार बन्दना मिश्रा, मैथिली साहित्य परिषदका उपाध्यक्ष श्यामसुन्दर यादव, सचिव अजय झा, सह–सचिव पंकज झा, राम अधिन साह, मैथिली महिला परिषदको पंकि झा, भुपेश कुमार भुप, कवि ध्रुब कुमार मण्डल, गायिका कविता साह, रमिला साह, प्रीतमा देव, शान्ती झा लगायतले आ–आफ्ना गित तथा कविताहरु वाचन गरेको थियो ।
मैथिली साहित्य परिषदको निर्णय अनुसार गरिने भनिएको तीन दिवसीय कार्यक्रम अन्तरर्गत पहिलो दिन मैथिली भवन राजविराजमा साहित्यीक गोष्ठी आयोजना गरिएको हो । समय सन्दर्भ र भावुब गित कथा, लघु कथा, कविता वाचन भएको गोष्ठीमा जिल्ला भरीका कवि तथा कवयित्रीहरुको सहभागिता रहेको थियो ।
परिषद्ले मैथिली भवनमा आज १२ गते ‘सप्तरीमे मैथिलीके अवस्थाः वर्तमान आ भविष्य’ विषयक खुल्ला निबन्ध प्रतियोगिता आयोजना गर्ने तथा १३ गते शनिबार दिउसो १ बजे महाकवि विद्यापतिको स्मृतिमा श्रद्धाञ्जली सभा तथा शिवदत्त मिश्र मैथिली पुरस्कार, विजयेन्द्र विनोद कला संस्कृति पुरस्कार सहितका सम्मानहरु प्रदान गरिने भएको आयोजकले जनाएको छ ।