सप्तरी ,१३ बेैशाख ।
निजि विद्यालय सञ्चालन गर्ने सप्तरीकाे राजविराज नगरपालिकाका पक्राउ परेका ११ वटा सन्चालक/ प्रिन्सीपल/ शिक्षकहरु नेपाल प्याब्सनका जिल्ला अध्यक्ष दिनेश यादव ,प्याब्सन अध्यक्ष देबानन्द चाेैधरी ,नेशनल प्याब्सनका बाेैकु साह , युवा नेता शम्भु यादव सहितकाे नेतृत्वमा जिल्ला भरिका निजी विद्यालयको छाता संगठन (प्याब्सन , नेपाल प्याब्सन र एन प्याब्सन ) का शिक्षक तथा फाउ्णडरहरुकाे पहलमा जिल्ला प्रशासन कार्यालयमै राजविराज नगरपालिकाका मेयर शम्भु यादव ,उपमेयर साधना झा को उपस्थितिमा गहन छलफल पश्चात आज साझ रिहा भएका हुन । कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको विद्यालय बन्दको अवज्ञा गर्दै स्कुल खोलेको भन्दै अनगुमनको क्रममा ११ जना बिद्यालय प्रतिनिधि हरु पक्राउमा परेका थिए । सप्तरीका प्रमुख जिल्ला अधिकारी फण्रिन्द्रमणी पोखरेल र राजविराज नगरपालिकाका मेयर शम्भु यादवको नेतृत्वमा गएको अनुगमन टोलीले अनुगमणको क्रममा संचालनमा रहेको विद्यालयका शिक्षक/प्रतिनिधिहरु पक्राउ गरिएको थियाे । पक्राउ पर्नेहरुमा सप्तरीकाे राजबिराज नगरपालिका लक्ष्मी इन्ग्लिश बोडिंग स्कुलका राजेश कुमार यादव , बैधनाथ कुमार झा र बुलन्द साह, ह्यापी ल्याण्ड मा.बि.का शैलेन्द्र कुमार ठाकुर ., जानकी सेकेन्डरी स्कुलका हरी किसुन राय ,लिटिल एन्जल बोडिङ स्कुलका नरेन्द्र प्रसाद देव , पिस जोन स्कुलका उमाकान्त साह , सृजना सेकेन्डरी बोडिङ स्कुलका रिमा झा , लिटिल फ्लावर सेकेन्डरी स्कुलका संचालक डा.कामानंद देव ग्रीन ईंगलिस बोडिङ स्कुलका मनोज यादव र सिब्स बोडिङ स्कुलका नरेश साह रहेका थिए ।