त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७७ सालमा सञ्चालन हुने ४ वर्षे स्नातक तह प्रथम वर्षको मानविकी,व्यवस्थापन, शिक्षा शास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका नियमित तथा आंशिक परीक्षार्थीहरु, तिन वर्षे स्नातक तह मानविकी तर्फका आँशिक र प्राईभेट तथा प्राज्ञिक परिषद्को स्थायी समितिको मिति २०७६ साउन २३ गते बसेको बैठकको निर्णय नं. १६(३)अनुसार तिन बर्षे स्नातक तहको समय सिमा नाघेका मौका परीक्षा ( तिन वर्षे स्नातक तह कार्यक्रम संचालन भए देखिका सम्पूर्ण परीक्षार्थीहरु ) दिने विद्यार्थीहरूको हकमा २०७७ सालको वार्षिक परीक्षामा एक पटकको लागि मौका परीक्षामा सहभागी गराउने निर्णय भएको हुँदा स्नातक तह तिन वर्षे प्रथम वर्षका आंशिक र मौका परीक्षा दिने परीक्षार्थीहरूले आ—आफ्नो क्याम्पस÷कलेजमा र प्राईभेट (आँशिक) परीक्षाथीैहरुले सोझै यस कार्यालय वा आफूलाई पायक पर्ने सम्वन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा मिति २०७७ साल चैत्र ३१ गते देखि २०७८ वैशाख ३० गते सम्ममा र दोब्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ता भित्र परीक्षा आवेदन फारम भरी बुझाउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
परीक्षा फारम online माध्यम वाट सम्वन्धित क्याम्पसहरुले www.tuexam.edu.np मा दिइएको निर्देशन अनुसार मिति २०७८ वैशाख ३० गते भित्र इन्ट्रि गरि सक्नु पर्नेछ । यस विषयमा थप जानकारी आवश्यक भए त्रि.वि.प.नि.का. वल्खुको website हेर्न हुन पनि सूचित गरिन्छ ।
सवै क्याम्पसहरुले अनलाईन मार्फत भरेको परीक्षा फारम मात्रै वुझिने भएकोले सोहि अनुसार गर्न गराउन सम्वन्धित सवैलाई यसै सूचना मार्फत सूचित गरिन्छ ।