विद्याकी देवी सरस्वती पूजा आज बसन्त पंचमी अर्थात श्रीपंचमी तिथिका पावन दिन हो । आज गीत–संगित, ज्ञान–विद्याकी देवी सरस्वतीको पूजा–अराधना गर्ने दिन हो । खासगरी विद्या आर्जन गरिरेहका विद्यार्थीहरुले हर्षोल्लासका साथ आफ्ना विद्यालयहरुमा सरस्वतीको पूजा आयोजना गरि विभिन्न प्रकारका कार्यक्रमहरु समेतको आयोजना साथ रमाईलो गर्ने दिन हो । आजैबाट बसंत ऋृतुको पनि प्रारम्भ हुन्छ । बैदिक सनातन हिन्दु संस्कारका अत्यनत व्यवहारिक आयामहरु मध्येको एक महत्वपूर्ण दिन पनि हो श्रीपंचमी । यो दिन ज्ञान, विज्ञान, हलो, गोरु, माटो, बोट–विरुवा, औजार तथा अन्नलाई समेत पूजा गरि नयाँ दिनको शुरुवात गर्ने गरिन्छ । हाम्रो नेपालका प्रायः हरेक शैक्षिक संस्थान, विद्यालय, क्याम्पस तथा शैक्षणिक क्लब लगायत यूवाहरुको समूह द्वारा सरस्वती माताको पूजन आयोजना गरी श्रद्धापूर्वक निश्भावले विहानै देखि शरीरलाई शुद्धिकरण साथ स्त्रोत–बन्दनाको मन्त्रोचारणका साथ पूजा–अराधना गर्ने गरिन्छ । मधेशमा माटोको मुर्ति स्थापना गरी पूजाको दोश्रो दिन सो मुर्तिलाई नदी, ताल वा पोखरीमा सेलाउने परम्परा रहेको छ । मुर्ति सेलाउने क्रममा सहभागीहरुको लापर्वाहीले दुर्घटना हुन सक्ने सम्भावनालाई हामीले विर्सिनु हुदैन । खास गरी गहिरो–अथाह पानी भित्र पसेर मुर्तिलाई लानु ज्यानलाई जोखिममा पार्नु हो, अतः यस्त्ता कार्य बाट सजग–सचेत हुनु आवश्यक छ । सरस्वती पूजाको दिन विभिन्न, नृत्य, नाटक तथा अन्य मनोरंजनका कार्यक्रमहरुको आयोजनाहरुमा भिडभाड तथा कुदने खेल्ने क्रममा सचेत–सावधान हुनु पर्दछ । लापर्वाहीको कारण अरुलाई मात्र नभई आफूलाई पनि चोटपटक वा अंगभंग हुन सक्नेबाट बचाउनु पर्दछ । अर्थात आजै बाट दैनिक जिवनमा हाेेशपुर्बक सजगता–सचेततालाई एउटा नया आयामकाेे रूपमा निरन्तरता दिओेेेेेेैेेैं ।