माघ२३ गते ,सप्तरी ।
नेकपाले हिजो बिहीवार गरेको नेपाल बन्दका दौरान जनकपुर,काठमाण्डौ सहित देशको बिभिन्न भागमा भएको प्रहरी दमनको बिरोधमा शुक्रवार दिउसो ४ बजे नेकपा सप्तरीले गरेको प्रम केपी शर्मा ओलकिो पुतला दहन राजविराज स्थित दशन चौक गरेका छन । पुतला दहन पश्चात कोण सभामा समेत गरेका छन । कोण सभामा प्रदेश सभा सदस्य महेश प्रसाद यादव, मजदुर नेता केदार देव,युवा नेता निरञ्चन झा लगायतका नेताहरुले नेकपाले बिहीवार गरेको नेपाल बन्दका दौरान देशको बिभिन्न भागमा भएको प्रहरी दमनको बिरोध गरेका छन । शिब मन्दिरबाट निस्कने जुलुस नेता चौकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
त्यसैगरी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको भारदह बाजारमा नेकपा (प्रचण्ड – माधव समुह) ले शुक्रबार जुलुस प्रदर्शन र प्र. मं. तथा गृहमन्त्रीको पुतलादहन गरेका छन्।
प्र. मं. केपी शर्मा ओलीले गरिएको निर्णय विरुद्ध निकालिएको जुलुस भारदह बाजार परिक्रमापछि शहिद राजिव चौकमा पुतलादहन गरिएको हो।
सो कार्यक्रममा पार्टीका प्रदेश समिति सदस्य भागवत यादव, जिल्ला सदस्य राजेन्द्र प्रसाद साह, जि. स. बसन्त मंडल, छेदी यादव लगायतका सहभागी भएका थिए।