राजविराज, २२ माघ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सप्तरीको सदरमुकाम राजविराज सहित कठौना, कदमहा,कल्याणपुर,रुपनी,कञ्चनपुर,हनुमाननगर लगायत ठाउँमा आमहड्तालले जनजीवन प्रभावित भएको छ ।
बन्दको कारण यातायात, शिक्षण संस्था, बजार, कलकारखाना, संध सस्था, सरकारी कार्यालयमा समेत बन्दको प्रभाव परेको छ ।
संवैधानिक निकायमा भएको नियुक्ति लगायतका विषयलाई लिएर सो समूहले विहिवार देशभर आम हड्तालको घोषणा गरेको थियो । बन्द गराउन विहानै देखि नेकपा– प्रचण्ड–नेपाल समूहका जिल्ला अध्यक्ष अशोक कुमार मण्डल,प्रदेश सदस्य महेश प्रसाद यादव,पुर्व मन्त्रि उमेश यादव,युवा संधका निरञ्जन झा,विनोद यादव,वडाध्यक्ष जय नारायण मण्डल लगायत नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको छन् ।
यसरी नै सिरहाको लहानमा प्रतिनिधिसभा विटघटनप्रति असन्तुष्टि जनाउँदै सडकमा उत्रेको नेकपाको असन्तुष्ट समूह (प्रचण्ड–माधव) नेतृत्वको नेकपाले बिहिवारका लागि आम हड्तालको घोषणा गरे संगै जनजीवन प्रभावित बन्न पुगेको छ ।
सो समूहको लाहान नगर संघर्ष समिति शहिद चौक लाहानमा बिहानै देखि शान्तिपुर्ण धर्नामा बसेको युवा नेता हेमन्त यादवले जनाएको छ । संवैधानिक निकायमा सरकारले गरेका नियुक्तिको विरोधमा नेकपाले देशब्यापी आमहड्तालको आह्वान गरेको छ।
बन्दले गर्दा शैक्षिक संस्था, उद्योगधन्दा, यातायात, पसल, कलकारखाना ठप्प बन्न पुगेको छ भने अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, दूध बोक्ने गाडी, प्रेस, शवबहान लगायत चलिरहेका परीक्षा भने निर्वाध रुपमा सञ्चालन भएको छ ।
लाहानमा बसेको धर्ना कार्यक्रममा प्रदेश सांसद अशोक यादव,यूवा नेता तथा सखुवानान्कारकट्ी गापा अध्यक्ष केदारनाथ यादव,नेकपा जिल्ला कमिटी सिरहाको सदस्य नेता बालेश्वर प्रसाद साह, कमल देव यादव, विजय गुप्ता , , गणेश चौधरी, सुरेन्द्र साह, हेमन्त यादव लगायत दर्जनौं युवा नेताकार्यकर्ता सहभागी भएका छन भने युवाहरूको विभिन्न समुहले बजार बन्द गराउन नगरको परिक्रमा गरिरहेका छन । अप्रत्याशित घटना हुन नदिन सुरक्षा ब्यवस्था चुस्त पारिएको छ ।