जनकपुरघाम १८ माघ ।
प्रदेश २ सरकारले स्थापना गरेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सूचारु गर्नका लागि पदाधिकारीहरु नियुक्त गरिएका छन ।
जनकपुर स्थित स्थापना गरिएको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति पदमा डा. राम केवल साह, रजिष्टारमा डा. विनोद यादव र रेक्टरमा डा. अंकुर साहलाई नियुक्त गरिएको छ ।
मुख्यमन्त्री निवास मधेश भवनमा आयोजित एक कार्यक्रमका विच मुख्यमन्त्री लालबाबु राउतले नवनियुक्त पदाधिकारीहरुलाई नियुक्ती पत्र हस्तान्तरण गर्नु भएको हो ।
नियुक्ति पत्र हस्तान्तरण पछि संचारकर्मीहरुलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशकै गौरबमय योजनाको रुपमा रहेको प्रतिष्ठानको पदाधिकारी नियुक्ती सरकारका लागि ऐतिहासिक दिनको रुपमा रहेको बताउनु भयो ।
नवनियुक्त पदाकिारीहरुको लागी अवसर र चुनौती दुबै रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले यसै वर्ष देखी एकेडेमिक सेशनहरु संचालन हुने विश्वास व्यक्त गर्नु भयो ।
प्रादेशिक अस्पताल जनकपुरलाई समुचित प्रतिष्ठान मातहत रहने गरि प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको छ ।
कार्यक्रममा समाजिक विकास मन्त्री नवलकिशोर साहले प्रतिष्ठानले प्रदेश २ लाई स्वास्थ्य क्षेत्रमा हव वनाउन मदत पुग्ने वताए । कार्यक्रममा भूमि व्यवस्था तथा कृषि सहकारी मंत्री शैलेन्द्र प्रसाद साह, मुख्य न्यायधिवक्ता दिपेन्द्र झा सहितको उपस्थिति रहेको थियो ।