सप्तरी, १३ माघ ।
नेकपा सप्तरी (ओली समूह) द्वारा राजरंगशाला राजविराजमा आयोजित बृहत कार्यकर्ता भेलालाई प्रमुख अतिथिको आसन्नबाट सम्बोधन गर्दै सचिवालय सदस्य एवं उपप्रधानमन्त्री पोखरेलले उपप्रधानमन्त्री ईश्वर पोखरेलले ‘एक प्रदेश–एक स्वास्थ्य विज्ञान प्रतिष्ठान’ निर्माण गर्ने सरकारको नीति अन्तर्गत प्रदेश २ को राजविराजमा वरिष्ठ गणतन्त्रवादी नेता स्व. रामराजा प्रसाद सिंहको नाममा स्थापना हुने ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’को शिलान्यास गर्न चाँडै प्रधानमन्त्री ओली आउने बताउनु भयो । यसैगरि राजविराज औद्योगिक क्षेत्रको स्तरोन्तरीका लागि पनि सरकारले तयारी गरिरहेको भन्दै उहाँले कोरोनाका कारण लामो समयदेखी बन्द रहेको नाकाहरु समेत छिट्टै सूचारु गर्ने मन्त्रीपरिषदले निर्णय समेत गरिसकेको जानकारी दिनु भयो । प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रारम्भ गरिने भ्याक्सिन देशका सातै प्रदेशका चार लाख नेपालीले एक सातामा लगाउने बताउनु भयो ।पोखरेलले भन्नुभयो– ‘महाधिवेशन नहुञ्जेल दुई अध्यक्षको व्यवस्था र पाँच वर्षसम्म अध्यक्ष ओलीको नेतृत्वमा स्थिर सरकार रहने सहमति उहाँहरुले बीचमै तोडेर हटाउने षडयन्त्र गरेका कारण पार्टी विभाजनको अवस्था आएको हो ।’ निर्वाचन आयोगले नेकपा फुटको विरुद्धमा निर्णय गरेको व्याख्या गर्दै उपप्रधानमन्त्री पोखरेलले नेकपाबाट उम्मेदवार हुन र सुर्य चिन्हबाट चुनाव लडन नेकपाको प्रथम अध्यक्ष ओलीकै हस्ताक्षर चाहिने बताउनु भयो ।सहरी विकास मन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य प्रभु साहले माओवादीको नाम, पहिचान, चुनाव चिन्ह, जातीय स्वायत्तता र आत्मनिर्णयको अधिकारको एजेण्डा प्रचण्डले बिक्री गरिसकेको बताउनु भयो । अध्यक्ष र प्रधानमन्त्री पदका लागि एक–एक गरेर सहयोद्धाहरु बिर्सदै जाने, घाइते जनमुक्ति सेनाको रकम भ्रष्टाचार गर्ने असली माओवादी हुन नसक्ने भन्दै साहले जनमुक्ति सेना र माओवादीको एजेण्डा बर्तमान सरकारले पुरा गर्ने विश्वास दिलाउनु भयो ।
नेकपा सप्तरीका संयोजक ताराकान्त चौधरीको अध्यक्षतामा भएको भेलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो, पूर्व मन्त्री तथा नेताहरु सत्यनारायण मण्डल, रघुविर महासेठ, राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, संविधान सभा पूर्व सदस्यहरु ज्वाला साह र रञ्जु ठाकुर, केन्द्रीय सदस्य सुखराम यादव, अखिलेश झाले जीवनभरी अध्यक्ष बन्ने र चुनाव नजिते पनि प्रधानमन्त्री बन्ने प्रचण्ड र माधव नेपालको दोहोरो प्रवृत्तिका कारण पार्टी समस्यामा परेको धारणा राख्नु भयो ।
नेकपा सप्तरी (ओली समूह) का संयोजक ताराकान्त चौधरीको अध्यक्षतमा आयोजित बृह भेलालाई कानु मन्त्री लिलानाथ श्रेष्ठ, महिला बालबालिका मन्त्री जुली महतो, राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डल, सचिवालय सदस्य रघुबिर महासेठ, केन्द्रिय सदस्य सुखराम यादव, रन्जु ठाकुर, ज्वाला साह लगायतले पनि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीको कदमको बचाउ गर्दै आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने दाबी गरेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका दुई दर्जन नेता कार्यकर्तालाई प्रमुख अतिथि पोखरेलले फुलमाला अविर लगाई स्वागत गरेका थिए ।