राजविराज, १० माघ ।
सप्तरीको छिन्नमस्ता गापा ५ स्थित लोखरम खेल मैदानमा आयोजित टि–ट्वान्टी क्रिक्रेट प्रतियोगिताको शनिवारको खेलमा लोखरम यूवा क्लबले विजयी घोषित भएका छन् ।
पाँचौ दिनको खेलमा लोखरम यूवा क्लब वडा नं. ५ र भगवती क्रिक्रेट टिम वडा नं. २ विच भएको खेलमा भगवती टिमले टस जितेर ब्याटिङ्ग गरी २० ओभरमा १३३ रन बनाएर अलआउट भएका थिए । १३३ रनको लक्ष्य लिएर खेलमैदानमा उत्रेका प्रतिपक्षि लोखरम यूवा क्लबले १४ ओभरमा ५ विकेटको नोक्सानीले १३४ रन बनाउँदै ५ विकेटले विजय घोषित भएका थिए । खेलमा संजय मेहताले ३७ रन बनाएर प्लेयर अफ द मैच र बिरेन्द्र यादवले मैन अफ द मैचका उपाधि लिन सफल भएको पंकज कुमार मेहताले जानकारी गराए ।