राजविराज ,१० माघ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय वाट मिति २०७७ पौष ०९ गते प्रकाशित सूचना अनुसार मिति २०७७ माघ ०९ गते सम्म भरिएका परीक्षा आवेदन फारमको संख्या यकिन गरी सो वापत त्रि.वि.प. नि.का.मा वुझाउनु पर्ने कुल रकमको वैंक भौचर कटाई website: www. tuexam.edu.np मा गई नयाँ लिंक online form Campus मा गई प्राप्त निर्देशन अनुसार संलग्न फारम भर्न हुन सम्वन्धित सवै क्याम्पसहरुलाई सूचित गरिन्छ ।
त्यसैगरी त्रिभुवन विश्वविद्यालय आर्थिक प्रशासन महाशाखा द्वारा सम्बन्धन प्राप्त सम्पूर्ण क्याम्पसहरुले बुझाउनुपर्ने सेवा शुल्क लगायत अन्य शुल्कहरु online payment system बाट संकलन गरिने भएकोले सबै क्याम्पसहरुलाई २०७७ माघ १५ गते भित्रअनिवार्य रुपले online register गराई user name र password प्राप्त गर्नु हुन अनुरोध गरिएको छ ।