अशोक झा,भुपदेव मालि
राजविराज, १७ कार्तिक ।
मधेश न्यूज प्रा.लि.का अध्यक्ष दिनेश कुमार यादवको ममतामयी आमाको अन्तिम संस्कार सम्पन्न भएको छ ।
यादवको ममतामयी आमा कोशिला देवी यादवको सोमवार बिहान ४ः ४५ निधन भएको र उनकै पैतृक गाउँमा दिउँसो करिब २ बजे अन्तिम संस्कार गरिएको छ ।
राष्ट्रिय शिक्षक मंचका केन्द्रिय उपाध्यक्ष, नेपाल प्याब्सन सप्तरीका अध्यक्ष तथा भारदह स्थित रोयल सेकेण्ड्री विद्यालय र वर्ल्ड भिजन क्याम्पस राजविराजका संस्थापक सदस्य समेत रहेका यादवको आमा फोक्सो तथा कलेजोमा क्यान्सर रोगबाट पीडित रहेकी पारिवारिक स्रोतले जनाएको छ ।
हिन्दु परम्परा अनुसार मृतकको पार्थिक शरिरलाइ उनकै गाउँ बोदेबर्साइन नगरपालिका वडा नं. १० मा अन्तिम संस्कार गरिएको छ ।
अन्तिम संस्कारमा प्रदेश नं. २ का सामाजिक विकास मन्त्री नबल किशोर साह “रामबाबु”, सांसद रेणु यादव, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य अशोक यादव, गजेन्द्र मण्डल, अनिरुध प्र सिंह यादव, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, बोदेबर्साइन नगरपालिकाका मेयर आतेष सिंह यादव, राष्ट्रिय शिक्षक मंचका केन्द्रिय सदस्य सुुभाष साह, वर्ल्ड भिजन क्याम्पस राजविराजका संंस्थापक सदस्यहरू महेेन्द्र प्र साह र रोशन कु साह , म. बि . ब. क्याम्पस राजविराजका डा. पन्चदेब यादव , नरेेश यादव , ईकाइ कमिटी ईन्चार्ज रन्जित यादव ,ईन्जिनियर वाैकु साह , दिनेस प्र साह , मधेश न्यूज प्रा.लि.का प्रधान सम्पादक राम नाथ महतो , एन प्याब्सन सप्तरीका अध्यक्ष नरेश प्रताप साह लगायत गन्मान्य व्यक्तिहरुको उपस्थिति रहेको विद्यार्थी नेता शम्भु यादवले जानकारी दिएका छन् ।