आज अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस हो । आजको दिन संसार भरि भ्रष्टाचार प्रतिको चेतनामा बृद्धि गराउन, भ्रष्टाचार विरुद्ध आवाज उठाउनका लागि यो दिवस मनाईएको हो । संयूक्त राष्ट्र संघले सन् २००३मा भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय महासन्धी पारित गरेपछि विश्वभर हरेक वर्षको डिसेम्वर ९ तारिखको सो दिवस मनाउने गरिएको छ । नेपालले सन २०११ मा सो महासन्धीलाई अनुमोदन गरे देखि नेपालमा पनि सो दिवस मनाउन थालिएको हो ।
जनताको पसिनाबाट आर्जन गरिएको रकम देश विकासका लागि देश वा सरकारलाई करको रुपमा राज्यको ढुकुटीमा जम्मा गरिएको सो धनलाई सेवारत कर्मचारी एवं जनताद्वारा मत प्राप्त गरि निर्वाचित जनप्रतिनिधिहरु द्वारा भ्रष्टाचार गर्नुले देशको आर्थिक एवं विकास नै धारासायी हुने कयौं देशका कयौं उदाहरण विद्दितै छ ।
कम समयमा बढी सम्पति आर्जन गरी सुखी जीवन बाँच्ने लालसाको वशिभूत भई सर्वसाधारण जनताको रगतबाट जम्मा भएको राज्यकोषका रकम विभिन्न प्रकारका कुतर्क प्रस्तुत गरी आफ्नो खल्तीमा हालिने भ्रष्टचारीहरुलाई रोक्न अर्थात भ्रष्टाचार हुन नदिन हाम्रो नेपालमा पनि नयाँ संविधानले अख्तियार दुरुपयोग अनुसंधान गठन गरी भ्रष्टाचार हुने प्रवृतिमा खासै परिवर्तन भएको देखिदैन । गत वर्षको ट्रान्सपरेन्सी इन्टरनेशनलको सूचाङ्कलाई हेर्दा संसारका वढी भ्रष्टाचारी हुने मध्ये नेपाल १२६ औं स्थानमा झरेको देखिएको थियो ।
भ्रष्टाचारी आजभोली संसारैभरि एउटा साझा समस्याको रुपमा अगाडी बढिरेहको छ । भ्रष्टाचारीहरुलाई कार्वाही गरेर उदाहरण कायम गर्न सकेमा अगामी दिनमा भ्रष्टाचारलाई न्यून गर्दै समुल विकासको मार्ग प्रसस्त हुने थियो । जेहोस हामी भित्र रहेको सिंचाई भ्रष्टाचार विरुद्ध बढनका लागि जरुरी छ । किनभने भ्रष्टाचारले ब्यक्ति, समुदाय र देशलाई खोक्रो बनाउने, शिक्षा र स्वास्थ्यलाई कमजोर बनाउने, निर्वाचन प्रक्रियालाई लथालिङ्ग पार्ने, अन्याय–अत्याचारलाई प्रसय दिने वा बल पुर्याउने आर्थिक तथा समाजिक विकासमा असर पारी गरिवी बढाउने हुदाँ यसलाई अन्त्य गर्ने उद्देश्यका साथ हरेक मानिसमा भ्रष्टाचार विरुद्धको चेतना अभिवृद्धि गर्दै यो दिवसको उद्देश्यलाई साकार पार्न हामीले हातोमालो गर्नु नितान्त आवश्यक छ ।