सप्तरी ,१६ मङ्सिर । सप्तरीको ” छिन्नमस्ता स्पोर्ट्स क्लबको अभियान राष्ट्रिय स्तरको क्रीकेट मैदान ” भन्ने मुल नारा राखी छिन्नमस्ता स्पोर्ट्स क्लब छिन्नमस्ता गाउपालिका वडा न. -१ बरही बिरपुरको आयोजना तथा छिन्नमस्ता गाउँपालिकाको सहयोगमा बरही थान पोखरी क्रीकेट मैदानमा संचालित छिन्नमस्ता वडा स्तरीय T-20 क्रीकेट प्रतियोगिता अन्तर्गत हिजाे दुई खेल सम्पन्न भएको छ । पहिलो छिन्नमस्ता वडा न.३ र वडा न.७ बीच भएको खेलमा वडा न.३ ले टस जितेर ब्याटिङ गर्दै निर्धारित १८ ओभरको खेलमा सम्पुर्ण विकेट गुमाउँदै १ सय ३९ रनमा अल आउट भएका थिए । जसमा मो. फारुखले ५९ रन,राहुल यादवले १४ र मो. कुरबानले १२ रनको योगदान गरेका थिए ।त्यसै गरी बलिङ तर्फ छिन्नमस्ता वडा न.७ का ओमप्रकाश यादवले ४ विकेट,अशोक यादवले ३ विकेट तथा अभिषेक यादव,पृतेश यादव,अजित यादवले समान १/१ विकेट लिएका थिए । जवाफी ब्याटिङ गर्न ओर्लेका छिन्नमस्ता वडा न.७ ले १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय ४० रन बनाउदै लक्ष्य हासिल गरेका थिए ।
जसमा सुशील यादवले २८ बलको सामना गर्दै ५२रन,ओमप्रकाश यादवले २४ रन, पृतेश यादवले २४ रन जोडेका थिए । यता बलिङतर्फ छिन्नमस्ता वडा न.३ का अमित मण्डलले ३ विकेट, बिकास साह २ विकेट तथा मो. फारुख र दिलिप यादले समान १/१ विकेट लिएका थिए। उक्त खेलको म्यान अफ दी म्याच आक्रामक ब्याटिङ गरेका सुशील यादव घोशीत भएका थिए । त्यसै गरि दोस्रो खेलमा छिन्नमस्ता वडा न.२र वडा न.५ बीच भएको खेलमा वडा न.२ ले टस जितेर ब्याटिङ गर्दै निर्धारित १८ ओभरको खेलमा ७ विकेट गुमाउँदै १ सय ३५ रन बनाएका थिए । जसमा राजु राउतले २७ रन,सन्तोष मण्डलले २७ र दिलिप मरीकले १४ रनको योगदान गरेका थिए ।त्यसै गरी बलिङ तर्फ छिन्नमस्ता वडा न.५ का पन्कज मिश्राले ४ विकेट तथा ,नारायण मेहता,सन्जय मेहताले समान १/१ विकेट लिएका थिए । जवाफी ब्याटिङ गर्न ओर्लेका छिन्नमस्ता वडा न.५ ले १६.३ओभरमा ६ विकेट गुमाउँदै १ सय ३६ रन बनाउदै लक्ष्य हासिल गरेका थिए । जसमा आदर्श मिश्राले ३२ बलको सामना गर्दै ४८ रन, पन्कज मिश्राले ३९ रन, सन्जय मेहताले १२ रन जोडेका थिए । यता बलिङतर्फ छिन्नमस्ता वडा न.२ का मनोज मण्डलले २ विकेट तथा बिकि मण्डल र भोला मण्डलले समान १/१ विकेट लिएका थिए। उक्त खेलको म्यान अफ दी म्याच छिन्नमस्ता वडा न.५ का आदर्श मिश्रा घोशीत भएका थिए ।