आस्था र परम्पराको अटुट ब्रत, पूर्ण निराहार एवं निर्जला ब्रत, हाँसो एवं खुशीको ब्रत हो ‘तिज’ । खासगरी महिलाका लागि मात्र यो ब्रत कन्या स्त्री भन्दा विवाहित स्त्रीले हर्षोउल्लासका साथ मनाईन्छ । यद्यपि अविवाहित स्त्रीहरुको पनि ब्रतालुहरुको साथ सहयोग दिन बाक्लो उपस्थिती हुन्छ । यो तिज ब्रत मनाउने नारीहरुले आ–आफ्नो नजिक पर्ने शिवालयहरुमा पूजा–आर्चना गर्ने गर्दछन् ।
तिजका ब्रतालुहरुले रातो पहिरण, आकर्षक गरगहना धारण गरी विधिवत पूजा–अराधना गर्नुको सँगै उत्साहपूर्ण माहौलमा नाचगान गरी मनोरंजन समेत गर्ने गरिन्छ ।
हुन त प्रायः ब्रतहरु मनाईने नारी नै हुन । त्यो ब्रत आफ्नो लागि होस अथवा आफ्नो परिवारजन्यका लागि समस्त नारी जाति यस धर्ती र सृष्टिकाका लागि बरदान हुन् । यद्यपि तिज ब्रत नारीहरुको एक विलक्षण ब्रत हो । अविवाहित स्त्रीले मनपरेका पति प्राप्तिका लागि गरिन्छन् भन्ने विवाहित स्त्रीले पति, संतान तथा कोख भरिभराउका लागि गर्ने गरिन्छन् । यस प्रकारको कुनै पनि ब्रत पुरुषहरु का लागि देखिएको छैन् । तथापि पुरुषहरुले आफ्नो जिम्मेवारी वहन गरेर स्त्रीहरु प्रति माया स्नेह र सदभाव बाँचुञ्जेल कायम राख्नु पर्दछ ।
सप्तरी जिल्लाको शम्भुनाथ बाबा मन्दिर, धर्मेश्वर महादेव मंदिर, राजविराजको राजदेवी मन्दिर, सखडा भगवती मंदिर र कंकालिनी भगवती मंदिरमा ब्रतालु महिलाहरुको यसबर्ष पनि समाजिक दुरीको ध्यानमा राखी बाक्लो उपस्थिती रहेको थियो । तर यो ब्रतालु स्त्रीहरुले स्वास्थ्यलाई ध्यान नदिई ब्रतलाई बढि महत्व दिएको हुँदा अनुचित नै हो, कोरोना भाईरसको सक्रमणलाई ख्याल गर्नु पर्दथ्यो र पर्दछ । अव यस प्रकारको भूल नहोस् । ब्रतालुहरुले ब्रतको पूजामा प्रयोग गरिने पाँच प्रकारको फलफूल खरिद गर्न अनिवार्य भएकोले खरिदको क्रममा फलफूल पसलहरुमा पनि सामाजिक दुरी अवहेलना पसले तथा किन्नेहरुबाट भएको हुँदा यसले सक्रमणको सम्भावित जोखिम बढाएको हुन सक्छ । यसरी समाजिक दुरीको विचारै नगरी आ–आफ्ना परिवार जन्यलाई स्वास्थ्यसँग खेलवाड गर्नु उचित होईन, यो हुनु हुदैन सावधानी बर्तौ ।
– सम्पादकको विचार