भूपदेव माली,
राजविराज २१ असोज ।
सुरुङ्गा नपाको करोडबोनामा अपाङ्गता संवेदनशील विषयक कार्यक्रम सम्पन्न भएको छ ।
स्वास्थ्य चौकीको प्रमुख कृष्ण कुमार पंडितको अध्यक्षता, प्रमूख अतिथी वडा नं. ४ का वडा सदस्य सुर्य नारायण चौधरी एवं प्रदेश २का राष्ट्रिय अपाङ्ग महासंघका पूर्व सचिव रामचन्द्र यादवको विशिष्ट अतिथ्यमा सम्पन्न सो कार्यक्रम अपाङ्गताको बुझाईमा समानता ल्याउन अपाङ्गको पहिचान, वर्गीकरण र विद्यमान समस्याहरुलाई कम गर्दै स्वास्थ्य संस्थाले प्रदान गर्र्दै आईरहेको सेवहरुमा प्रभावकारी तथा प्रजनन स्वास्थ्य सेवाहरुलाई थप मैत्री बनाउने उद्देश्य रहेको थियो ।
बिरेन्द्र कुमार चौधरीले सहजीकरण गरिएको सो कार्यक्रममा ७ जना पुरुष र ३ जना महिला गरी जम्मा दश जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा ‘हामीले घरदैलोमा गएर पनि अपाङ्गहरुको पहिचान गर्दै नेपाल सरकार द्वारा प्रदत सवै स्वास्थ्य सम्बन्धी सेवाहरुमा प्राथमितकता साथ सहयोग गर्नेै बानीलाई संस्थागत गर्नु पर्दछ ।’ विशिष्ट अतिथीले आफ्नो मन्तव्यमा राखेका थिए ।
नेपाल सरकारले प्रदान गरिएका स्वास्थ्य सेवाहरु देशका हरेक अपाङ्गहरु पाउनु पर्ने नीति अनुरुप सप्तरीका विभिन्न स्वास्थ्यकर्मीहरुलाई सचेत पार्न विभिन्न स्वास्थ्य चौकीहरुमा निरन्तर कार्यक्रमहरु हुने कुरा विरेन्द्र चौधरीले जानकारी गराए ।
विगत केही दिन देखि उक्त अपाङ्गता सम्बन्धी कार्यक्रमहरु जिल्लाको २५ वटा स्वास्थ्य चौकीहरुमा १० जना गरी जम्मा २५० जना स्वास्थ्यकर्मीहरुले यसबाट प्रशिक्षित भएको कार्यक्रमका सहजकर्ता विरेन्द्र चौधरीले बताए ।