दिनेश यादव,
मानिसहरुको आपसी मैत्रीपूर्ण सम्बन्धबाट साझा उद्देश्य प्राप्तिका लागि स्थापित मानवीय समूह वा संगठन नै समाज हो । समाज व्यक्ति–व्यक्ति बिचको सम्बन्ध कायम गर्ने स्थल हो । यो औपचारिक सम्बन्धको समष्टि हो जसमा सम्मिलित व्यक्तिहरु एक अर्कामा जोडिएको हुन्छ । व्यक्ति र समाजका विच अन्योन्याश्रित सम्बन्ध रहदै आएको हुन्छ । समाज सामाजिक सम्बन्धको जालोको रुपमा हुन्छ । समाजमा नकारात्मक खालका क्रियाकलाप घटना नै मुख्य सामाजिक समस्या हुन । सामाजिक समस्या संसारको लगभग सबै ठाउँमा व्याप्त छन ।
वेरोजगार,भ्रष्टाचार, लैङगिक विभेद, घरेलु विभेद, घरेलु हिंसा, धुम्रपान, मद्यपान, दाईजो प्रथा, बालविवाह,अंधविश्वास र परम्परागत मान्यता, आर्थिक असमानता, सामाजिक संजाल तथा आधुनिक प्रविधिको दुरुपयोग, जातिय विभेद, राजनीतिक विभेद, नश्लीय विभेद जस्ता सामाजिक समस्या हाम्रो देशमा व्याप्त देखिन्छ । विकसित देशको तुलनामा अविकसित तथा विकासोन्मुख देशमा नैतिक तथा उद्देश्य विहिन राजनीतिको साथै गैर जिम्मेवार राजनीतिको कारण देशमा अशिक्षा, गरिबी र वेरोजगारी अत्यधिक हुदाँ सामाजिक समस्या पनि वढी हुन जान्छ । सामाजिक समस्याहरु समाधान गर्न खोज्दा राजनीतिक प्रभावका कारण समाधान खोज्न कठिनाई हुन्छ । मानिसहरुलाई आफ्नो प्रभावमा ल्याउनको लागि काखा र पाखा लगाउने गर्दछ । यसरी समाजमा राजनीतिक विकृति उत्पन्न हुन जान्छ । जुन सामाजिक समस्या समाधानका मुख्य बाधक हुन जान्छ ।
समाजले एकले अर्कालाई सम्मान गर्ने, मिलेर बस्ने, सामाजिक सेवाको उद्देश्यले राजनीतिक गर्नु पर्ने जस्ता उपायहरु अवलम्बन गरेपछि न्यूनीकरण हुनमा मद्दत पुग्दछ । यसका साथै परिवार, विद्यालय, व्यक्ति, सामाजिक संघसंस्थाले सामाजिक समस्या र विकृति समाधान गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ ।