ईमधेश न्यूज सम्वाददाता,
काठमांडौ, ०३ साउन ।
काठमांडौको टिचिङ्ग (टियु) अस्पतालमा उपचार गराई रहेको एक मुटु रोगीलाई सप्तरीको प्रतिनिधि सभा सदस्य नवल किशोर साहले आर्थिक सहयोग गर्नु भएको छ ।
सप्तरीको तिरहुत गापा वडा नं. ३ गोईठी बस्ने जयकृष्ण यादव(पत्नी हन्सा यादव) सहित २५ दिन देखि मुटु सम्बन्धी रोगको उपचार गराई रहेको हुदा सो सूचना कूलमान वि.कले सांसद साहलाई दिएपछि अस्पतालमा भेट वर्ता गरी सो सहयोग गरेका हुन् ।
रोगी वर्षो देखि मुटु रोगबाट ग्रसित भएकोले आर्थिक अवस्था कम्जोर भएको कारण उपचार गर्न सकिरहेको थिएन । तथापि २५ दिन देखि उपचार गरिरहँदा रु १३ लाख खर्च भएको हुदा सांसद साहले आर्थिक मद्दत गर्दै भविष्णमा पनि सके सहयोग प्रतिवद्धता ब्यक्त गरिएको साहका स्वकिय सचिव जितेन्द्र यादवले जानकारी गराउनु भयो ।