लिलाकान्त यादव,
राजविराज ११ असोज ।
शान्ति सुरक्षा कायम गर्ने उद्देश्य सहित अपराध रोकथाम तथा नियन्त्रणका लागि खटिएका प्र.नि संतोष कुमार खडगाको कमाण्डमा नेपाल प्रहरीका टोलीले ०६÷११ गते राति १२ बजेको समयमा भन्सार छलि भारतबाट आयत गरिएका विभिन्न समानहरु प्रक्राउ गरिएका छन् ।
पक्राउ गरिएका ११,००,९८० रु. मोल बरावरको सो समानहरु मध्ये जिन्स पाईन्ट ४५६ थान, कुर्ता सल ६३ थान, लेडिज रेडीमेड कुर्ता सलवार १७७ थान, डोरी ३३६ थान, फूल बनाउने पाईप ३४ पोका, कपाल कोर्ने काँईयो ३९६ पाकेट, किट क्रिम २४ थान, दाह्री काटने मेसिन ४ पाकेट, लिपिष्टिक २८८ थान र पटाका ९६० रोल रहेका छन् ।
पक्राउ गरिएका सो समानहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरी द्वारा सोमवार सार्वजनिक गरी भन्सारमा पठाउने जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।