शुभ नारायण यादव,
सप्तरी ,१७ मङ्सिर ।
सप्तरीको रुपनि गाउपालिका वडा न।१ मा मौरीको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । घर नजिकैको खेतबारिमा गएको बेला अचानक मौरीले टोक्दा स्थानिय राजेश कुमार यादवकि २४ बर्षिया श्रीमती रमिला देवि यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । मौरीको टोकाइबाट सख्त घाइते रमिलाको तत्कालै युनिक अस्पताल रायपुरमा उपचारको लागि भर्ना गरिएको तथा उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय रुपनिले जनाएको छ । यता मृतकको शव राजविराज स्थित गजेन्द्रनारायण सिह अन्चल अस्पतालमा पोष्टमार्टमका लागि पठाएको तथा घटनाको थप अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।