अशोक झा,
राजविराज २१ साउन,
राजविराज नगरपालिका वडा नं. ८ का एक दम्पतीले कोरोनालाई मात दिएका छन् ।
राजविराजका प्रतिष्ठित कम्प्यूटर कलेज सफटेका प्रबन्ध निर्देशक समेत रहेको उनको २१ दिन पश्चात रिपोर्ट बुधवार निगेटिभ आएको छ । संचालक सँगै उनका श्रीमती राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा स्टाफ नर्समा कार्यरत छिन्, उनी पनि संक्रमित थिईन ।
आफु कोरोना महामारी को संघर्ष गरी निको भई घर फर्केको हुदा गाउँ–समाजमा खुशी ब्यक्त गरेका थिए । कोरोना रोग लागेपनि भएपनि भयभित हुनु हुदैन वहाँको भनाई रहेको थियो । कोरोना भाईरसको सक्रमणबाट बच्नको लागि आफु सचेत हुनु मुख्य आधार भएको बताउनु भयो ।