राजकुमार पंडित,
राजविराज २४ चैत ।
सप्तरीको कञ्चनरुप नाःपा–३ बरमझियामा पाँच दिवसीय बृहत खुल्ला योग विज्ञान शिविर मंगलवार समापन भएको छ । पतन्जली योग समिति नेपालका केन्द्रिय युवा प्रभारी लोकनाथ खनालको प्रमुख प्रशिक्षणमा तथा कञ्चनरुप नगरपालिका नगर योग समितिका अध्यक्ष काशीनाथ जोशीको अध्यक्षतामा तथा नगरपालिका वडा न.–३ को वडा अध्यक्ष सत्यनारायण साहको प्रमुख आतिथ्यमा समापन समारोहमा मोरङ जिल्ला मिडिया प्रभारी बिकाश जि.सि. पतंजलि योग समिति सप्तरीका जिल्ला प्रभारी रामस्वरुप चौधरी, ग्रामीण प्रभारी सुबे चन्द्र दास,युवा प्रभारी किशोर साह, कोषाध्यक्ष श्रवण साह,जिल्ला सदस्य देवकान्त चौधरी ,नागेश्वर साह, नगर सचिव भुवनेशवर यादव लगायत सप्तरीका जिल्ला समिति, महिला समिति, युवा समिति, तथा स्थानीयहरुको उल्लेखनिय उपस्थिती रहेको नगर योग समितिले जनाएको छ ।