मधेश न्यूज सम्वाददाता,
राजविराज १४ बैशाख ।
राष्ट्रिय परिचयपत्र दर्ता गर्नका लागि आयोजित शिविरमा खटिएकी स्वयंसेवीहरु माथी सेवाग्राहीहरुले कुटपिट गरेका छ्न ।
सप्तरीको बिष्णुपुर गाउँपालिका १ न. वडा कार्यलायमा संचालित रहेको शिविरमा मंगलवार विहान करिब १०ः०० बजेको समयमा दर्ता गराउन आएका बुधन यादव र छोरा अमित यादव सहित अन्य नाम नखुलेका दुई जना सेवाग्राहीले पालो नकुर्ने भएपछि चर्काचर्की भएर कुटपिट गरिएको पीडित अंजली कुमारी यादवले बताइन् ।
नआतिनुस पालैपालो काम हुनेछ, एक जनाको परिचयपत्र दर्ता गराउन बीस मिनेट समय लाग्ने गर्छन् । यसो भन्दा सेवाग्राही पिडकहरु बुधन यादव र उहाँको छोरा अमित यादवले एक्कासि हेलमेट लिएर मलाई एवं कार्यालय छोडन आउनु भएका मेरो श्रीमान उपर अन्धाधुन्ध प्रहार गर्ने थालेको यादवले बताइन् ।
सो विषयमा सोही वडाका वडा अध्यक्ष मो.इब्राइहिमलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको बताईन ।
यादव द्वयलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको र कार्वाहीका लागि पिडितले माँग गरेकी छन् ।