ईमधेश न्यूज संवाददाता
राजविराज, ०९ चैत्र ।
सप्तरीको राजविराजको महेन्द्र विन्देश्वरी वहुमुखी क्याम्पसमा तीनदलिय गठबन्धनका उम्मेदवारहरु विजय प्राप्त गरेका छन्।
मतपरिणाम अनुसार समाजवादी विद्यार्थी युनियनका रन्जित कुमार यादव नेतृत्वको तीन दलिय संयुक्त गठबन्धन प्यानलसहित निर्वाचित भएका हुन् ।
सम्पन्न मतपरिणाम अनुसार तीन दलिय संयुक्त गठबन्धनको तर्फबाट उम्मेदवार सवियुका रन्जित कुमार यादवले ४ सय २३ मत प्राप्त गरि सभापतिमा निर्वाचित भएका छ्न भने उनका निकटतम प्रतिद्वन्दी दुईदलिय गठबन्धनका तर्फबाट अनेरास्ववियुका उम्मेदवार रंजिव कुमार साहले १ सय ९९ प्राप्त गरे । यसैगरी नेवि संघका उम्मेदवार महेश कुमार यादवले ९० मत र जनमत विद्यार्थी संघका उम्मेदवार रामभजन मण्डलले ७२ प्राप्त गरेका छन । यसरी नै सचिबमा समेत तीन दलिय संयुक्त गठबन्धनका उम्मेदवार निर्वाचित भएका छ्न । गठबन्धनका तर्फबाट सवियुका सुनिल कुमार मण्डलले ४ सय ११ मत प्राप्त गरि निर्वाचित भएका छ्न भने उनका निकटतम प्रतिद्वन्दी दुई दलिय गठबन्धनका तर्फ बाट उम्मेदवार अनेरास्ववियुका सत्यनारायण चौधरीले १ सय ६७ मत प्राप्त गरे । यसैगरी नेविसंघ गजेन्द्र प्रसाद साहले १ सय ३ मत र जनमत विद्यार्थी संघका मनोज साहले ७९ मत प्राप्त गरेका छन्।
कोषाध्यक्षमा तिनदलिय संयुक्त गठबन्धनका तर्फबाट सवियुका मेनुका साहले ३सय १९ मत प्राप्त गरि निर्वाचित भईन भने उनका निकटतम प्रतिद्वन्दी दुईदलिय गठबन्धनका तर्फबाट उम्मेदवार अनेरास्ववियुका मनिषा साहले २ सय ११ मत प्राप्त गरिन । यसरी नै नेविसंघका टिना कुमारी आनन्दले २ सय १५ मत र जनमत विद्यार्थी संघका पुर्षोत्तम रामले १ सय ४ मत प्राप्त गरे । सदस्यहरुमा समेत तीन दलिय गठबन्धनकाका उम्मेदवारहरु निर्वाचित भएका छ्न । सदस्यहरुमा कन्चन ठाकुर ४ सय १, नन्दन मण्डल ३ सय ९२, राकेश यादव ३ सय ७६, विनय यादव ३ सय ९० , प्रकाश यादव ३ सय ८३, रमानन्द राम ३ सय ७६, मो. जकउल्लाह ३ सय ७० मत प्राप्त गरि निर्वाचित भएका छ्न ।
दुईदलिय गठबन्धनकाका तर्फबाट उम्मेदवार शिवराम कुमार मण्डल १ सय ८१, शंकर यादव १ सय ७८, भवानी ठाकुर १ सय ६५, कविता शर्मा १ सय ७९, आशमा श्रेष्ठ १ सय ७२, शुभागंगी सुमन १ सय ६०, मोहम्मद सदाम हुसेनले १ सय ५५ मत प्राप्त गरे । यसैगरी नेविसंघका संजिव कुमार मण्डल १ सय १९, अजनी कुमारी साह १ सय ७, केशव साह १ सय २६, प्रिया यादव १ सय ९, संतोष मण्डल १ सय ८, आशमा चौधरी १ सय ९, रामदेव सुतिहारले ९६ मत प्राप्त गरे । यसरी नै जनमत विद्यार्थी संघका उम्मेदवार सीता मण्डल १ सय ७, दिलिप साह ९१, शिव प्रसाद सिंह ८७, नितु यादवले ८५ मत प्राप्त गरे । समानुपातिकतर्फ समाजवादी विद्यार्थी युनियनले २ सय ९३, अखिल क्रान्तिकारी १ सय ३७, नेविसंघ १ सय ४४ , अनेरास्ववियु १ सय १४, लोकतान्त्रिक विद्यार्थी संघ ५२, अनेरास्ववियु एसले ४८ मत प्राप्त गरेका छ्न ।
समाजवादी विद्यार्थी युनियनको नेतृत्वमा क्रान्तिकारी विद्यार्थी संघ र लोकतान्त्रिक विद्यार्थी संघको तीन दलिय प्यानल, अनेरास्ववियु र अनेरास्ववियु एस.को दुईदलिय प्यानल, नेविसंघ र जनमत विद्यार्थी संघकाले छुट्टाछुट्टै प्यानलसहित चुनाव लडेका थिए । निर्वाचन सम्पन्न भए पश्चात आपसी विवादको कारण मतगणना गर्ने पक्ष र पुनः निर्वाचन गर्नुपर्ने पक्ष विच सहमति नजुटेको कारण ७२ घण्टापछी अन्ततः बुधबार दिउँसोदेखि मतगणना सुरु गरिएको थियो ।