मधेश न्यूज सम्वाददाता,
राजविराज १० पौष ।
सप्तरीको राजविराजमा संचालित क्रिक्रेट प्रतियोगितामा लायन्स एकेडेमी र यूथ एकेडेमी विजयी भएको छ ।
राजविराज स्पोर्टस क्लवको आयोजना एवं सप्तरी क्रिक्रेट संघको सहकार्यमा संचालित राजविराज क्रिक्रेट लिग अन्तर्गत शुक्रवार भएको खेलमा सो टिमहरु विजयी भएको हो ।
शुक्रवार सम्पन्न पहिलो खेलमा सेभेन स्टारले टसजिती पहिलो ब्याटिंग गर्दै निर्धारित २० ओभरको खेलमा १७ ओभर १ बलमा सम्पुर्ण बिकेट गुमाई ८७ रनमै समेटिएको थियो । सेभेन स्टारको लागि राहुल गुप्ता १९ र प्रबिन साहले १८ रनको योगदान दिएका थिए । बलिंग तर्फ लायन्सका भिम यादवले आर्कषक बलिंग गर्दै आफनो ३ ओभरको स्पेलमा १३ रन दिई महत्वपुर्ण ४ बिकेट लिएका थिए भने अभिषेक कार्कि र सफल मगरले सामान २ बिकेट लिएका थिए ।
८८ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको लायन्सले उक्त लक्ष्य सजिलै ११ ओभर २ बलमा ४ बिकेटको नोक्सानीमा प्राप्त गरेका थिए । लायन्सका लागि सुर्दशन सिंह ११ र अविनाश कर्णले १० रनको योगदान दिएका थिए भने पवन दास र राजिव मिश्रा क्रमश ः १० र १४ रनमा अविजित रहेका थिए । बलिंग तर्फ सेभेन स्टारका राजिव गुप्ताले २ तथा सद्धाम खाँनले १ बिकेट लिएका थिए ।
खेलमा उत्कृष्ट बलिंग गर वापत लायन्सका भिम यादव म्यान अफ द म्याच भएका थिए ।
शुक्रवार नै सम्पन्न एक अर्को खेलमा युथ एकेडेमीले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ४ बिकेट गुमाई १ सय ९५ रन बनाएका थिए । युथका लागि आशिष झाले ४५ बलमा ७ चौक्का र ३ छक्काको मद्धतले ७५ रन तथा नितेश यादवले ४३ बलमा ६ चौक्का र ३ छक्काको मद्धतले ६८ रनको योगदान दिएका थिए । अन्य ब्याटसम्यानमा बिवेक यादवले २५ तथा मो.समिरले अविजित १० रनको योगदान दिएका थिए । बलिंग तर्फ छिन्नमस्ता स्पोर्टस क्लब बरहिका उपेन्द्र राय, रेवति राय, बिष्णु मण्डल र छत्र नारायण रायले सामान १ बिकेट लिएका थिए ।
१ सय ९६ रनको बिशाल लक्ष्य लिई मैदानमा ओर्लेको छिन्नमस्ताले ९ बिकेट गुमाई १ सय ४ रनमात्र बनाउन सकेपछि ९१ रनले पराजित हुन पुगेका थिए । छिन्नमस्ताका लागि रेवति रायले अविजित २३ तथा बिवेक रायले १७ रनको योगदान दिएका थिए । बलिंग तर्फ युथ एकेडेमीमा गोमानन्द आमातले घातक बलिंग गर्दै ४ ओभरमा २१ रनदिई महत्वपुर्ण ४ बिकेट लिएका थिए भने पप्पु यादवले ३ तथा बिवेक यादव र नविन मण्डलले सामान १ बिकेट लिएका थिए ।
खेलमा उत्कृष्ट बलिंग गरे वापत युथ एकेडेमीमा गोमानन्द अमात म्यान अफ द म्याच भएका थिए ।