लिलाकान्त यादव,
राजविराज ०१ माघ ।
कविलासामा माघे संक्रान्ति मेलाको विहीवार प्रदेशका समाजिक विकास मन्त्री नवलकिशोर साह(रामबाबु) ले उद्घाटन गरेका छन् ।
सप्तरीको कंचनरुप नपा वडा ४ कविलासाका बाँतर(सरदार) जाति द्वारा आयोजित एकदिने मकरसंक्रान्ति मेला प्रमुख अतिथिको आसनबाट उद्घाटन गर्नु हुदै मंत्री साहले समस्त मधेश सँस्कृतिको जननी तथा सँस्कृतिका धनी प्रदेश भएको बताउनु भयो । वहाँले पुरातनकाल देखि नै मधेशी समुदायले मनाउँदै आईरहेको पर्व त्योहारको सँगै विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलमा लगाउँदै गरेको मेलाहरु संरक्षण एवं सम्बद्र्धनमा प्रदेश २ का सरकार लागि परेको बताउनु भयो ।
कविलासा स्थित श्री गैढ सिंह बाबाको मन्दिर परिसरमा लागेको सो मेलामा हजारौ मानिसहरुले मेलाको लाभ एवं मनोरंजन गर्न उपस्थित भएका थिए ।