इमधेश न्यूज सम्वाददाता,
जनकपुरधाम, २९ साउन ।
मधेस प्रदेश सरकारको चौतर्फी बिरोध भएपछि ८ राज्यमन्त्री लाई हटाउने निर्णय गरेको छ । मुख्यमन्त्री सतिसकुमार सिंहले प्रदेश सरकारमा नियुक्त भएका ८ वटै राज्यमन्त्रीलाई हटाउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ । केन्द्रको सत्तारुढ दलहरूको सहमति अनुसार मुख्यमन्त्री सिंहले सबै राज्यमन्त्रीहरूलाई हटाउने निर्णय लिएको जनाइएको छ ।
मधेशमा दलहरूबीच भागबन्डा मिलाउन २० सदस्यीय जम्बो मन्त्रिपरिषद् बनाइएको थियो । जनमत पार्टीबाट मुख्यमन्त्री भएका सतिशकुमार सिंहले गत मंगलबार ५ राज्यमन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेका थिय ।कांग्रेसबाट २, एमाले, जनमत र लोसपाका १÷१ राज्यमन्त्री थपिएका थिए । मधेशमा यसअघि मुख्यमन्त्रीसहित १२ मन्त्री र ३ राज्यमन्त्री थिए ।
जनमत, कांग्रेस, एमाले, लोसपा सम्मिलित मधेश सरकारमा मुख्यमन्त्रीको कार्यालयसहित १२ मन्त्रालय छन् । जनमतका मुख्यमन्त्रीसहित ३, कांग्रेस ४, एमाले ४, लोसपाको भागमा १ मन्त्रालय छ ।