ईमधेश न्यूज सम्वाददाता,
जनकपुरधाम, १६ माघ ।
मधेसको सांस्कृतिक विकास गर्ने कार्यमा मधेस प्रज्ञा प्रतिष्ठानले निरन्तर सक्रियता देखाउँदै मधेसको भाषा साहित्य कला गीत संगीत संरक्षण सम्बर्धन गर्ने क्रममा शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका प्रमुख विजय कुमार मण्डलसँग छलफल तथा सहयोग सम्बन्धी संवाद गरिएका छन्।
प्रज्ञा प्रतिष्ठानले मधेसका सम्पूर्ण भाषा, साहित्य संस्कृति कला लोकगीत नृत्य लाई अगाडि बढाउने सन्दर्भमा आवश्यक शोध अनुसन्धान गरी सहयोग गरिदिने बारे मंगलबार धनुषाको जनकपुरस्थित प्रतिष्ठानको कार्यालयमा इकाइ प्रमुख मण्डल संग प्रत्यक्ष वार्ता – संवाद अन्तरक्रिया सम्पन्न भएको हो।
प्रतिष्ठानद्वारा चलाएको अभियान तहत मधेसका आठवटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सहितसँग मधेसका बारेमा शोध अनुसन्धान गरिएका मधेस अन्तर्गतका सम्पूर्ण मातृभाषाहरू, साहित्य ,ललितकला ,नृत्यकला, गीत– गायन, मूर्तिकला सम्बन्धमा संकलित संग्रह दिएर सहयोग गरिदिने उद्देश्यले वार्ता–संवाद कार्यक्रमको सुरुवात गर्दै सक्रियता देखाएका हुन्।
सम्पन्न वार्ता संवाद कार्यक्रममा प्रतिष्ठानका सञ्चालक समितिका सदस्य दिनेश यादव। प्रमुख प्रशासकीय अधिकृत दानीकान्त झा प्रतिष्ठानका लेखापाल अनिल श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा इकाई प्रमुख विजय कुमार मण्डललाई दोसल्ला ओढाएर सम्मान गर्दै प्रतिष्ठानले आगामी हुने कार्यक्रम बारे समेत विमर्श – छलफल गरिएको थियो।