भूपदेव माली,
राजविराज, ०३ भाद्र ।
निषेधाज्ञाको पहिलो दिन बुधवार सप्तरीको सप्पूर्ण बाजारहरु बन्द सफल रहेका छन् । बाजार क्षेत्रका प्रायः पसलहरु विहान ५ः०० बजे देखि बेलुकी सम्म ठप्प रहेका छन् र सडकमा खाद्यबस्तु ढुवानी गर्ने बाहन बाहेक सम्पूर्ण सवारी साधनहरु बन्द हुदाँ सडक सुनसान रहेका छन् ।
जिल्लामा कोरोना सक्रमणको जोखिम भयावह रुप लिदै गरेको अवस्थालाई दृष्टिगत गरी जिल्ला सुरक्षा समिति द्वारा भदौ ३ गते देखि भदौ १५ गते सम्म का लागि निषेधाज्ञालाई निरन्तरता दिएको हुदाँ जिल्लाका बाजार तथा सडक पूर्ण प्रभावित भएको हो । प्रहरी प्रशासनको अथक प्रयासले कुनौली बोर्डर सिमानाका लगायत १ नं. प्रदेश र २ नं. प्रदेशको सिमा कोशी ब्यारेजमा पनि पूर्ण रुपले कडाई गरिएका छन् । भारदह स्थित कंकालिनी भगवती मंदिर देखि पूर्व मूल लोकमार्ग स्थित तैनात प्रहरीको टोलीले पूर्व पश्चिम जाने यात्रीहरुलाई समेत आवत–जावतमा रोक लगाएको थियो ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा मंगलवार ११ जनालाई कोरोना पोजिटिभ पुष्टी भएको हुदाँ भारदह बाजार स्थित रहेका श्री लक्ष्मी व्यापार संघले हिजो एक बैठक द्वारा ३ गते देखि ९ गते सम्म भारदह बाजार बन्दको निर्णय गरिएकोले भारदह बाजार पूर्णरुपले बन्द रहको छ । यसरी नै नगरका अर्को बाजार हनुमाननगर पनि पूर्ण रुपले बन्द रहेको छ ।