जनकपुर १० पौष ।
मधेश आन्दोलनमा शहादत प्राप्त एक शहिद परिवार सदस्यलाई प्रदेश नं. २ का सरकारले सरकारी सेवाका लागि न्यूक्ति पत्र प्रदान गरिएको छ ।
एक शहिद परिवार एक रोजगार मुख्यमंत्री योजना कार्यक्रमको आधारमा सो नियूक्ति पत्र –प्रदान गरिएको हो ।
२०६२।०६३ को मधेश विद्रोहमा प्रथम शहिद भएका रमेश महतोका परिवारका अनिता कुमारी महतोलाई कम्प्यूटर अपरेटर पदको सहायक स्तर पाचौंतहमा मुख्यमंत्री लालबाबु राउतले सो नियूक्ति प्रदान गर्नु भएको हो ।
मुख्यमंत्री स्वच्छता अभियान कार्यक्रममा स्विकृत दरबन्दी तेरिज अनुसार रिक्त रहेको सो पदमा मुख्यमंत्री तथा मंत्रीको कार्यालयको मिति ०७७।०८।०३ गतेको निर्णयको आधारमा करार सेवामा अगामी अषाढ मसान्तसम्मका लागि सेवाका लागि सो नियूक्ति दिएको नियूक्ति– पत्रमा उल्लेख गरिएको छ । नियूक्ति– पत्र प्रदान गर्ने अवसरमा मुख्य महान्यायधिवक्ता दिपेन्द्र झा सहितको उपस्थिती रहेको थियो ।