आज विश्व खेलकुद पत्रकार दिवस हो। विश्व खेलकुद पत्रकार दिवस खेलकुद पत्रकारहरुलाई सम्मान र उनीहरूको परिश्रमको कदर गर्ने एक प्रयास हो।
खेलकुद पत्रकारिता संग सम्बन्धीत समाचार संकलन गरी प्रसारण गर्नु हो वा भनूँ खेलकुद रिपोर्टिङ संग सम्बन्धित एउटा शाखा हो।सन १८०० ई. बाट यसको सुरुवात भएपनि अन्तर्राष्ट्रिय खेलकुद पत्रकारले आफ्नो ७० औं बार्षिकोत्सव मनाउन सन१९९४ मा यो विशेष दिवसको सिर्जना गरेको थियो,जो अन्तर्राष्ट्रिय खेलकुद प्रेस संघको ( AIPS को )अगूवाइमा भएको थियो। अहिले यसको मुख्य कार्यालय स्विट्जरल्याण्डको लुसनमा छ। हाम्रो नेपालमा पनि खेलकुद पत्रकार संघ छ, जसको कार्यालय काठमाडौंको त्रिपुरेश्वरमा रहेको छ। नेपालका खेलकुद पत्रकारहरुको छाता संगठनको रूपमा रहदै आएको छ। नेपाल खेलकुद पत्रकार संघले विभिन्न प्रकारका कार्यक्रम, पैरवी एवं दिवसहरू खेलकुद पत्रकारहरुको अर्थपूर्ण सहभागितामा मनाउदै आएको देखिन्छ।
पत्रकार समाजको ऐना हो। संसारका विभिन्न घटनाहरू, दुर्घटनाहरु, हत्या – हिन्सा, खेलकुद, राजनीतिक गतिविधिहरू आदिको सत्यतथ्य खोजी गरी समाचारको रूपमा जनताको सामु पोखिने कठिन कार्य गरिए पनि हाम्रो नेपालमा पत्रकारिता क्षेत्र बलियो हुन सकेको छैन। एक स्वच्छ पत्रकारलाई पनि स्वतन्त्र रूपमा पत्रकारिता कठिनाइको सामना गर्नु परेको अवस्था छ। पत्रकारलाई सत्यतथ्य लेख्न दिने वातावरण सिर्जना तर्फ संकल्प गर्नुपर्छ। विश्व खेलकुद पत्रकार दिवसको हार्दिक शुभकामना।