आज नागपञ्चमी हो। मिथिलामा यस दिनलाई ’लगपाँचै’ पनि भनिन्छ ।नागपञ्चमी भन्नाले विषालु सर्पहरूको देवताको रुपमा पुजिने एक धार्मिक परम्परा हो।
श्रावण शुक्ल पक्षको पञ्चमीमा पर्ने यो दिन धर्मशास्त्रले नागदेवताका लागि समर्पित गरिएको देखिन्छ ।यस दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास रहेको छ, वैदिक दर्शनमा १२ वटा नागहरूको उपस्थिति पाइन्छ ।
१२ वटा नागहरूको नाम
जसमा अनन्त, वासुकी, शेष, पद्यमा, कम्बल, कार कोटाका, अश्भतरा, ध्रितराष्ट्र, शङ्कपला, कालिया, तक्शका र पिङ्गला पर्दछन् र यी सम्पूर्णको लागी आजकै दिन पूजा अर्चना गरिन्छ ।हाम्रो संस्कारलाई नाग पञ्चमीजस्ता चाडपर्वहरूले अझै धनी बनाएका मात्र नभई सर्पलाई बाँच्ने आधार प्रदान गरिएको देखिन्छ।
दैलोमा नागका प्रतिमा टाँस्ने चलन यिनै नागहरू अकिंत चित्र लिएर ब्राह्मण पुरोहितहरू आ(आफ्नो जजमानको घरमा दैलोमा गाइको गोबर, दूबो लिएर नाग टाँस्न पुग्दछन् । यसरी दैलो या मूल खाँबोमा टाँसिएको नागको चित्रले वर्षभरि रक्षा गर्ने जनविश्वास छ, रक्षार्थ टाँसिने यस्ता चित्रहरू ल्याउने र टाँस्ने पुरोहितहरूलाई जजमानले दक्ष अनुसारको दक्षिणा, नैवेद्य र भोजन पनि गराउने चलन छ ।
नाग पञ्चमीको वास्तविक ऐतिहासिक जरो महाभारतसँग जोडिएको पाइन्छ । परीक्षित नाम गरेका राजालाई तक्शका नाम गरेको नागले डस्छ र उनको मृत्यु हुन्छ । उनका छोरा जन्म जयले बुवाको मृत्युको प्रतिशोधको वशिभूत भए र संसारका सबै सर्पलाई मार्नका लागि महायज्ञ सुरु गर्दछन् , यज्ञको हवन कुण्डमा यति शक्तिशाली आगो प्रज्वलित हुन्छ कि तक्शका बाहेकका अन्य सम्पूर्ण सर्पहरू त्यहीँ भस्म हुन्छन् तर तत्कालै मानसदेवीका पुत्र अस्थिकाले जन्ममयसमक्ष माफीको माग गरेपछि उनले यज्ञ स्थगन गरेका हुन् । यज्ञमा होमिएका सम्पूर्ण सर्पहरूले त्यस पश्चात् आजैको दिन पुनर्जीवन पाएका हुन् ।
यस दिन नाग देवताको पूजा अर्चना कालागि दूध, मिठाई, फूल अनि धान भुटेर तयार भएको लाभा (अर्थात् भुटेर फूल उठेको धान) चढाइन्छ । यस दिन सर्प को चित्र वा पिण्ड राखेर नाग देवताको आजको दिन पूजा गरिन्छ । सामान्यतया सर्पलाई नाग देवता सम्झेर सर्पलाई मारिँदैन।