आज दादुरा रुबैला खोप अभियानको दोश्रो दिन हो।फागुन १३ गतेदेखि १६ गते सम्म दादुरा रुबैला खोप अभियान सञ्चालन गरिएको छ। देश भित्रका हरेक वडाहरू अन्तर्गतका सम्पूर्ण स्वास्थ्य केन्द्र तथा विभिन्न विद्यालयहरूमा खोप केन्द्र राखेर खोप सेवा प्रदान गरिने भएको छ।
दादुरा –रुबैला अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाईरसको कारणबाट हुन्छ । रुबेला पनि भाइरस (रुवेला भाईरस) कै कारणवाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो । यो रोग श्वास प्रश्वासको माध्यमबाट सर्दछ ।
दादुराले शरीरको बाहिरी छाला र भित्री पत्रहरू (mगअयकब) मा संक्रमण गर्छ जुन फोक्सो, आन्द्रा, भुँडी, आँखा, मुख र घाँटीमा रहेको हुन्छ। दादुराका भाइरसले दादुरा लागेको बेला शरीरको रोग प्रतिरोधात्मक क्षमता शक्तिलाई हप्तौंसम्म क्षति पुर्याइदिन्छ ।
यो रोग कुनै पनि उमेरका मानिसलाई र विशेष गरी ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिन सक्दछ । यसले गर्दा बालबालिकामा अरु संक्रामक रोगहरू हुने सम्भावना पनि बढाउँछ । बालबालिकामा दादुराको भाइरस छिट्टै सर्न सक्ने सम्भावना हुने भएकाले दादुरा रुबैला खोपबाट बन्चित हुनु नपरोस् उद्देश्यले अभियानमा कार्यरत सम्पूर्ण स्वयंसेविका एवं स्वास्थ्यकर्मीहरुले हरेक गरिब, असहाय, दलित, घुमन्ते – जातिहरूको गाउँ – टोलमा पुगेर खोपको बारेमा व्यापक प्रचारप्रसार गरी खोप अभियान सञ्चालन गर्ने प्रयास गर्नु आवस्यक छ।
दादुराबाट हुने जटिलताः आँखाको अन्धोपना, पखाला लाग्ने, कानको संक्रमण, न्यूमोनिया, मस्तिष्कमा कडा खालको संक्रमण (भलअभउजबष्तिष्क), कम्पन
रुवेलाबाट हुने जटिलताः हाडजोर्नीहरु सुन्निने वा दुख्ने, मस्तिष्कमा कडा खालको संक्रमण (भलअभउजबष्तिष्क), गर्भपतन हुने वा मृत शिशु जन्मने, जन्मदै हुने विकलाङ्ग (ऋच्क्– अन्धोपना, बहिरोपना, मुटु र मस्तिष्कमा विकृति आदी), रगत जम्ने क्षमतामा कमि (रक्तस्राव) आदि
यस्ता जटिलताको कारण मृत्यु समेत हुन सक्छ ।
त्यसैले दादुरा रुबैला खोप बाट लक्षित बालबालिकाहरू बंचित हुनु हुदैन।