आ.एन. मेहता,
राजविराज ०४ माघ ।
सप्तरीको राजविराजमा जनता समाजवादी पार्टी सप्तरी द्वारा माघ ७ गते हुने विशाल विरोध सभाका लागि स्वंयसेवक परिचालन समिति आईतवार गठन भएको छ ।
राजविराज स्थित जिल्ला समन्वय समितिको परिसरमा आयोजित सो गठन भेलाका अध्यक्षता स्वंयसेवक परिचालन समितिका संयोजक दिनेश कुमार यादव गरेका थिए । प्रतिनिधिसभा विघटन गरिएको विरुद्ध माघ ७ गते राजविराजमा हुने विशाल जनप्रदर्शन एवं विरोध सभालाई नियन्त्रण गर्ने उद्देश्य रहेको विद्यार्थी नेता शम्भु यादवले जानकारी गराए ।
संसद विघटनको निर्णय फिर्ता लिन दवावमुलक विरोध प्रदर्शन गरिदै आएको अभियान अन्तर्गत राजविराजमा हुने विशाल विरोध सभामा जसपाका शिर्ष नेताहरुको आगमन हुने हुदा सो कार्यक्रमको सुरक्षाका लागि उक्त ३१ सदस्यीय स्वयसेवक परिचालन समिति गठन भेलामा किशोर कुमार केसी, नवनित झा, निरज मुक्ति, शम्भु कुमार यादव, विशेश्वर प्रसाद मंडल(विक्की), सुरेन्द्र यादव लगायतका उपस्थिती रहेको थियो ।