उमेश कुमार यादव,
राजविराज १६ असोज ।
जनता समाजवादी पार्टी नेपालले स्व. हरी प्रसाद रायको असमायिक निधन प्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । डाक्नेश्वरी नपा वडा नं. ३ स्थित तरहीको स्व. रायको निवास स्थानमा सम्पन्न सो श्रद्धाञ्जली कार्यक्रममा जसपाका अध्यक्ष उपेनद्र यादवले स्व. रायको राजनैतिक जीवन बृतान्तलाई उजागर गर्दै वहाँका निधनले पार्टीमा ठूलो क्षति भएको भन्दै शोकाकुल परिवारलाई धैर्य धारण गर्न अस्वासन दिदै श्रद्धाञ्जली दिएका छन् । लगभग तीन सय भन्दा वढि नेता एवं कार्यकर्ताहरु सहभागी भएको सो श्रद्धाञ्जली कार्यक्रम जसपाका केन्द्र तथा जिल्लाका नेताहरु रहेका थिए । कार्यक्रममा विद्यार्थी नेता शम्भु यादव, तिलाठी कोईलाडी गापा का अध्यक्ष शतिस सिंह, बोदे बरसाईन नपाका मेयर आतेश कुमार सिंह यादव, क्षेत्र नं. ४ का माननीय विदेश्वर प्रसाद यादब, माननीय चन्द्रकान्त चौधरी, जसपाका केन्द्रिय नेता मनिष कुमार सुमन, दिनेश यादव,, भूमि व्यवस्थापन तथा कृषि मंत्री शैलेन्द्र साह लगायतका उपस्थिती रहेको थियो ।
स्व. रायको जीवन राजनीतिमै ब्यत्ति भएको हो । वहाँ नेपाली काँग्रेसमा रही २००७ सालको क्रान्तिमा सहयोग, ०३६ को जनमत संग्रहमा सहयोग, २०४६ को जन आन्दोलन सक्रिय भूमिका निर्वाह गर्दै २०४८ सालमा साँसद समेत हुन पुगेका थिए । मधेश आन्दोलन पश्चात मधेशवादी दलमा समावेश भई सभासदका लागि उम्मेदवारी समेत दिएका वहाँले हालसम्म जसपाका इमान्दार नेताको रुपमा रही आएको थियो । २०७७ असोज ११ गते वहाँको निधन भएको थियो ।
स्व. रायको जेष्ठ सुपुत्र विजय प्रसाद राय द्वारा दागवती संस्कार गरिएको थियो ।
यसरी नै बोदे बरसाईन स्थित अनिरुद्ध प्रसाद सिंहको निवास स्थानमा जसपाका कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी भएका थिए । सो कार्यक्रममा अध्यक्ष यादवले मधेशका हरेक गाउँ बस्तीहरुमा विद्युत तथा बाटो सडक पु¥याउने , सुलभ शिक्षा र स्वास्थ्य सेवा सुलभ र सहज बनाउने विषयमा चर्चा गर्नु भएको थियो ।