दिनेश कुमार यादव,
राजविराज, ०२ भाद्र ।
राष्ट्रिय सभा सदस्य एवं जनता समाजवादीका केन्द्रिय सदस्य मृगेन्द्र कुमार सिंहले जनताको समस्या बुझ्न कार्यकर्ता भेटघाट गरेका छन् । सोक्रममा सामाजिक दुरी कायम राख्दै सप्तरीका मोवाहा, बेल्ही, चनही, पटेर्वा, टिकुलिया, धाँतीटोल तथा सम्पूर्ण बलानविहुल गाउँपालिका भ्रमण गरी विभिन्न कार्यकर्ता सँगको भेटमा समसमायिक कुराकानी, राजनैतिक विमर्श, पार्टी एकिकरणको परिपेक्षयमा हाम्रो दायित्व, पार्टीले उठाएको नागरिता सम्बन्धी मुद्दा बारे जानकारी सम्बन्धमा ब्यापक चर्चा–परिचर्चा गरेका थिए ।
नेता सिंहको साथमा रहेका बलान विहुलका अध्यक्ष दयानन्द गोईत, जय प्रकास ठाकुर, राजेश्वर राय, गगन गोईत, धिरेन्द्र कुमार यादव, गुडडु सिंह, रंजना कुमारी यादव, सुनिल झा र विद्यार्थी नेता शम्भु यादव द्वारा बलानको स्थिती निरिक्षण समेत गरेका थिए ।
कोरोना महामारीको जोखिमबाट बच्न र बचाउन सबैले सचेत हुनु आवश्यकता माथि जोड दिदै मधेशी माथि वर्तमान नागरिकता कानुन हाम्रो पक्षमा नभएको र हाम्रो निकट भविष्यमा खारिज गरी सुलभ नागरिकता ऐन ल्याउनमा हाम्रो पार्टीको सक्रृयता विषयमा जोड दिई अध्यक्ष गोईत सँग ब्यापक छलफल समेत गरेका थिए । बलान खोलको निरिक्षण पछि वडा नं. ३ का वडा अध्यक्ष कमलेश्वर यादवको घरमा भोजन गरेका थिए ।
नेता सिंहको यो भ्रमण पार्टी एकीकरण पश्चात भावी कार्यनितिमा आधारित रहेका छन्।